पोखरामा कृषकलाई फलफूलका बिरुवा वितरण « Khabarhub

पोखरामा कृषकलाई फलफूलका बिरुवा वितरण


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरा महानगरपालिकाले कृषकहरूलाई विभिन्न जातका फलफूलका बिरुवा ५० प्रतिशत अनुदानमा वितरण गरेको छ ।

महानगरपालिकाले हिउँदे फलफूलका बिरुवा वितरण कार्यक्रमअन्तर्गत सार्वजनिक सूचना आह्वान गरी निवेदनका आधारमा बिरुवा वितरण गरेको कृषि महाशाखा प्रमुख मनोहर कडरियारले जानकारी दिए । 

सूचनाअनुसार बिरुवाको माग अत्यधिक भए पनि उपलब्धताका आधारमा कृषकहरूलाई वितरण गरिएको उनले बताए । 

करिब तीन सय कृषकलाई फलफूलका बिरुवा वितरण गरिएको जानकारी दिँदै उनले एक हजार दुई सय किवी, छ सय लप्सी, पाँच सय नासपति, चार सय आरु, दुई सय आरुबखडा, एक सय हलुवावेदका बिरुवा वितरण गरिएको उल्लेख गरे ।  

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ७ : २४ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस