पोखरामा भोलिदेखि ‘टाइगर कप’ भलिबल प्रतियोगिता « Khabarhub

पोखरामा भोलिदेखि ‘टाइगर कप’ भलिबल प्रतियोगिता


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरा रङ्गशालामा भोलिदेखि सुरु हुने पाँचौँ संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप’ भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा माघ १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरूषतर्फ छ र महिलातर्फ छ गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको ट्रफी आज यहाँ आयोजित एक कार्यक्रमका बीच गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले अनावरण गरे ।

आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माले प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार सहभागी हुने अधिकांश टोली पोखरा आइसकेका छन् । “सम्पूर्ण तयारी सकिएकाले शनिबार भव्य रूपमा प्रतियोगिता उद्घाटन गर्दैछौँ”, उनले भने ।

प्रतियोगितामा विदेशी टोलीका रूपमा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्ड र पुरूषतर्फ भारतको सुनिल भलिबल क्लब, कुरूक्षेत्रको टिम सहभागी हुनेछन् । पुरूषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबले सहभागिता जनाउने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए।

महिलातर्फ सहभागी टोलीमा नेपाल एपिएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल रहेका छन् । च्याम्पियन टोलीले महिला तथा पुरुषतर्फ समान नगद रु पाँच लाख ८५ हजार पाँच सय ५५ पुरस्कार पाउने ज्ञवालीले उल्लेख गर्नुभयो । उहाँका अनुसार द्वितीय टोलीले समान रु दुई लाख ८५ हजार पाँच सय ५५ र तृतीय टोलीले रु एक लाख ८५ हजारा पाँच सय ५५ ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

महिला तथा पुरुष दुवैतर्फ सर्वोत्कृष्ट बन्ने खेलाडीले जनही रु २५ हजार सात सय ७७ पाउने छन्भने दुवैतर्फ विधागत उत्कृष्ट ठहरिने खेलाडीलाई जनही रु १० हजार पाँच सय ५५ का दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

विगतका वर्षहरूमा भन्दा यस वर्षको प्रतियोगता उत्कृष्ट बनाउनेगरी तयारी गरिएको संयोजक ज्ञवालीले बताए । उनले विदेशका उत्कृष्ट टोली र नेपाली टोलीमा समेत रहेका विदेशी खेलाडीको प्रदर्शनले प्रतियोगिता रोचक बन्ने अपेक्षा गरे ।

प्रतियोगितालाई थप आकर्षक बनाउन र दर्शकहरूलाई सहज ढङ्गले खेल हेर्ने अवसर प्रदान गर्न विगतमा भन्दा प्यारापिटको क्षमता विस्तार गरिएको, समयानुकूल डिजिटल प्रविधिमैत्री बनाउँदै अन्तर्राष्ट्रियस्तरको बनाउने प्रयास भएको प्रचारप्रसार संयोजक इन्द्रप्रसाद पौडेलले बताए ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  १० : ०७ बजे

म्युजिक नेपालले ल्यायो ‘डल्बी एट्मस’ स्टुडियो

काठमाडौं – नेपाली फिल्म र संगीत क्षेत्रको प्राविधिक गुणस्तर दिन

ग्रीनल्यान्ड कब्जाको विरोध गर्दा युरोपका ८ देशमाथि ट्रम्पले लगाए १० प्रतिशत ट्यारिफ

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपका ८ देशमाथि १० प्रतिशत

दुईबुँदे माग अघि सार्दै पाँच स्वास्थ्य सङ्गठन अनशनमा

काठमाडौं– दुईबुँदे माग राख्दै पाँच वटा स्वास्थ्य व्यवसायी संगठनका प्रतिनिधिहरूले

अनुपम फुडल्यान्डमा कांग्रेसका शेखर समूहको अलग्गै भेला

काठमाडौं- अचानक नेपाली कांग्रेसमा देखिएको संकटका कारण समस्या परेको डा.

शीर्ष नेता उठ्न लागेका यी ६ क्षेत्रमा कस्तो थियो ०७९ को परिणाम ?

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आइतबारसम्म अधिकांश