आज २०८१ साल फागुन १२ गते सोमबारको राशिफल « Khabarhub

आज २०८१ साल फागुन १२ गते सोमबारको राशिफल


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल फागुन १२ गते सोमबार फागुन कृष्ण पक्षको एकादशी तिथि। विजया एकादशी व्रत। तदनुसार सन् २०२५ फेब्रुअरी २४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। लगानीका क्षेत्रमा हिम्मत गरे फाइदा हुनेछ। काममा साथीभाइको साथ र सहयोग मिल्नेछ। विपक्षीको विरोध गरे पनि काम बन्ने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : तपाईंको राशिमा उदय वृहस्पति भएकाले बोलीको प्रभावले काम बन्नेछ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। धार्मिक क्षेत्रमा सहभागी बन्ने अवसर मिल्नेछ।

मिथुन : स्वास्थ्यमा समस्या हुनसक्ने भएकाले खानपानमा ख्याल गर्नुपर्नेछ। शिक्षाका क्षेत्रको प्रयास सफल बन्नेछ। धार्मिक क्षेत्रको भ्रमण हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन सामान्य छ। लगानी डुब्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। शनिदेवको प्रभावले परिवारमा मनमुटाव हुनेछ। थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ। निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

सिंह : खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम छ। संकटमा परिवारको साथ मिल्नेछ। व्यवहार गर्दा ठुला व्यक्तिको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : कामको बोझ बढ्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। विपक्षीको सामना गर्न तयार हुनुपर्ने दिन छ। परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ।

तुला : सम्पत्ति र शिक्षालाई समय दिँदा स्वास्थ्यमा समस्या हुनसक्ने जोखिम छ। बौद्धिक व्यक्तिसँगको अन्तरक्रियाले मन हलुका हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : सहकार्यमा अगाडि बढ्दा लगानी बढ्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने जोखिम छ। दान गरेर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनु : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नु उचित हुनेछ। सहकर्मीको साथमा गरेको काम सफल बन्नेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारलाई समय दिन नसक्दा विवाद बढ्नेछ।

मकर : तपाईंको राशिमा चन्द्रमा पुगेका छन्। शुभग्रहको बहुमत भएकाले सोचेको काम बन्नेछ। धन खर्च भए पनि इज्जत बढ्नेछ। परिवारभित्रबाट भन्दा बाहिरबाट सहयोग प्राप्त हुनेछ।

कुम्भ : सञ्चित धन खर्च हुनेछ। साथीभाइले विवाद झिक्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। शिक्षामा आलस्यता बढ्ने जोखिम छ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

मीन : आम्दानी बढ्नेछ। बोलीमा समस्या हुने भएकाले सहकर्मीसँग नम्र भएर बोल्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। धार्मिक क्षेत्रको भ्रमण गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ५ : ०२ बजे

बाढीपीडितलाई नन्दप्रसाद जानुका फाउन्डेसन र इनास यूकेको राहत

रसुवा- नन्दप्रसाद जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : राजदूत माओमिङ

त्रिशूली– नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली

शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल

काठमाडौं–  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा हेर्ने

आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँ : मानव अधिकार आयोग

सुदूरपश्चिम– राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथामका लागि आत्महत्याबारे मौन

यस्तो छ देवीघाटमा पाँच दिनमा तयार एक्रो ब्रिज (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले एक्रो ब्रिज