आज २०८१ साल फागुन १२ गते सोमबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल फागुन १२ गते सोमबारको राशिफल


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल फागुन १२ गते सोमबार फागुन कृष्ण पक्षको एकादशी तिथि। विजया एकादशी व्रत। तदनुसार सन् २०२५ फेब्रुअरी २४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। लगानीका क्षेत्रमा हिम्मत गरे फाइदा हुनेछ। काममा साथीभाइको साथ र सहयोग मिल्नेछ। विपक्षीको विरोध गरे पनि काम बन्ने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : तपाईंको राशिमा उदय वृहस्पति भएकाले बोलीको प्रभावले काम बन्नेछ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। धार्मिक क्षेत्रमा सहभागी बन्ने अवसर मिल्नेछ।

मिथुन : स्वास्थ्यमा समस्या हुनसक्ने भएकाले खानपानमा ख्याल गर्नुपर्नेछ। शिक्षाका क्षेत्रको प्रयास सफल बन्नेछ। धार्मिक क्षेत्रको भ्रमण हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन सामान्य छ। लगानी डुब्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। शनिदेवको प्रभावले परिवारमा मनमुटाव हुनेछ। थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ। निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

सिंह : खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम छ। संकटमा परिवारको साथ मिल्नेछ। व्यवहार गर्दा ठुला व्यक्तिको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : कामको बोझ बढ्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। विपक्षीको सामना गर्न तयार हुनुपर्ने दिन छ। परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ।

तुला : सम्पत्ति र शिक्षालाई समय दिँदा स्वास्थ्यमा समस्या हुनसक्ने जोखिम छ। बौद्धिक व्यक्तिसँगको अन्तरक्रियाले मन हलुका हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : सहकार्यमा अगाडि बढ्दा लगानी बढ्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने जोखिम छ। दान गरेर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनु : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नु उचित हुनेछ। सहकर्मीको साथमा गरेको काम सफल बन्नेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारलाई समय दिन नसक्दा विवाद बढ्नेछ।

मकर : तपाईंको राशिमा चन्द्रमा पुगेका छन्। शुभग्रहको बहुमत भएकाले सोचेको काम बन्नेछ। धन खर्च भए पनि इज्जत बढ्नेछ। परिवारभित्रबाट भन्दा बाहिरबाट सहयोग प्राप्त हुनेछ।

कुम्भ : सञ्चित धन खर्च हुनेछ। साथीभाइले विवाद झिक्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। शिक्षामा आलस्यता बढ्ने जोखिम छ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

मीन : आम्दानी बढ्नेछ। बोलीमा समस्या हुने भएकाले सहकर्मीसँग नम्र भएर बोल्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। धार्मिक क्षेत्रको भ्रमण गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ५ : ०२ बजे

पोखरामा स्वदेशी सीप र पुँजीमा निर्माण भयो अत्याधुनिक हवाई इन्धन डिपो

कास्की – पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो

पोर्चुगलका पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा

लिस्बन – पोर्चुगलका पूर्वप्रधानमन्त्री जोस सुक्रेट्समाथि स्थानीय सञ्चारमाध्यमले यसअघि नै

‘कुलिङ पिरियड’बारे भएको हेरफेरप्रति रास्वपाको आपत्ति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’बारे

आजका समाचार : सर्वोच्चले जोगाइदियो ५२ भाइको जागिर, कुलिङ पिरियडमा छानविन समिति बन्दै, प्रधानमन्त्री रियल मड्रिडमा र फुटबलर जोटा दुर्घटनामा बिते   

प्रधानमन्त्री ओलीद्वारा रियल मेड्रिडको रङ्गशाला अवलोकनप्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको

नेपाल औषधि लिमिटेडले आगामी वर्ष २० प्रकारका औषधि उत्पादन गर्ने

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता