विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै « Khabarhub

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ । आज विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

विधायन व्यवस्थापन समितिको बैठक दिउँसो साढे १२ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ ।

यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो पौने १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको कार्यान्वयनको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन– २०८१ माथि विज्ञहरूसँग छलफल गर्ने कार्यक्रम छ ।

बैठकमा संविधानसभा सदस्य राधेश्याम अधिकारी र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका निवर्तमान सभापति रामनारायण बिडारीलाई आमन्त्रण गरिएको जनाइएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ६ : ५७ बजे

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले