नाबालिका दास प्रकरणमा महानगरले आयोगलाई बुझायो अनुसन्धान अभिलेख « Khabarhub

नाबालिका दास प्रकरणमा महानगरले आयोगलाई बुझायो अनुसन्धान अभिलेख


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले नाबालिका बन्धक बनाएको घटनामा १२० पृष्ठ लामो अनुसन्धान अभिलेख राष्ट्रिय मानव अधिकार आयोगलाई बुझाएको छ। सरकार पक्षबाटै मुद्दा नचल्ने निर्णय भएपछि आयोगले स्वविवेकीय अधिकार प्रयोग गर्दै अनुसन्धान थालनी गरेको थियो ।

महानगरपालिकाको बाल कल्याण अधिकारी सहितको टोली पुल्चोकस्थित मानव अधिकार आयोगको केन्द्रीय कार्यालय पुगेर आयोगका सचिव मुरारी प्रसाद खरेललाई अनुसन्धान अभिलेख बुझाएको हो ।

अभिलेख बुझ्दै सचिव खरेलले मानव अधिकार हननका घटनामा कुनै पनि व्यक्तिले सत्ता र राज्य शक्तिको दुरुपयोग गर्नु नहुने बताए । उनले बालबालिकालाई यस्ता घटनाको मारमा पर्न नदिन आयोग सचेत रहेको र निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

लुम्बिनी प्रदेशकी सांसद रेखा कुमारी शर्माले नाबालिकालाई बन्धक बनाई दास बनाएको घटनामा सरकार पक्षले मुद्दा नचलाउने निर्णय गरेपछि आयोगले अनुसन्धान थालेको थियो ।

अनुसन्धानकै क्रममा आयोगले महानगरपालिकासँग सम्बन्धित कागजात माग गरेको थियो । आयोगको अनुरोधपछि तीन दिनभित्रै १२० पृष्ठ लामो अभिलेख संकलन गरी महानगरपालिकाले आयोगलाई बुझाएको हो ।

महानगर प्रमुखको सचिवालयका सदस्य धिरज जोशीले यो प्रकरणमा महान्यायाधिवक्ता रमेश बडालको समेत स्वार्थको द्वन्द्व रहेको शंका व्यक्त गरे । ‘महान्यायाधिवक्ता हुनु अघि उनले सांसद शर्माको तर्फबाट निजलाई जोगाउन बहस गरेका थिए । अहिले उनी महान्यायाधिवक्ता भएर आएपछि सोही मुद्दामा सांसद शर्मा माथि मुद्दा नचल्ने निर्णय गर्नुलाई स्वार्थ नबाझिएको अर्थमा लिन मिलेन,’ जोशीले भने, ‘महानगरपालिकाविरुद्ध एउटै मुद्दामा बहस गरेका व्यक्ति हाल महान्यायाधिवक्ताको पदमा रहेको हुँदा मुद्दा नचलाइएको हो।’

हालका महान्यायाधिवक्ता बडालले यसअघि महानगरविरुद्ध दायर भएको बन्दी प्रत्यक्षीकरणको मुद्दामा बहस गरेका थिए ।

सरकारी वकिल कार्यालयको निर्णय सरकारी वकिल कार्यालय, काठमाडौं र उच्च सरकारी वकिल कार्यालय, पाटनले यस घटनामा मुद्दा नचलाउने निर्णय गरेका थिए ।

काठमाडौं महानगरपालिकाले भने गत जेठ ३० गते बाल कल्याण अधिकारीमार्फत बालबालिकाविरुद्धको कसुर र दास बनाउन नहुने कसुरमा जाहेरी दर्ता गराएको थियो ।

मानव अधिकार आयोगले अब अनुसन्धानलाई थप विस्तृत बनाउने जनाएको छ । आयोगले निष्पक्ष छानबिन गर्दै दोषीमाथि कानुनी कारबाहीको मार्ग तय गर्ने प्रतिवद्धता जनाएको छ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ८ : ०० बजे

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री छिरिङबीच भेटवार्ता: जलवायु परिवर्तनविरुद्ध सहकार्य गर्ने सहमति

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा अमेरिकाको

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीका चार वटा अभ्यास खेल

कास्की – विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयनसँगै केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन