पत्रकारलाई धम्क्याउने काम बन्द गर्न महासङ्घको माग  « Khabarhub

पत्रकारलाई धम्क्याउने काम बन्द गर्न महासङ्घको माग 


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

धनगढी– समाचार प्रकाशित गरेको विषयमा पत्रकारलाई धम्क्याएको भन्दै नेपाल पत्रकार महासङ्घले विरोध गरेको छ ।

पश्चिम टुडे अनलाइनमा प्रकाशित ‘धनगढीको उज्यालो : भ्रम र वास्तविकता’ शीर्षकको लेखलाई लिएर सम्पादक दीर्घराज उपाध्यायलाई धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालका समर्थकहरूले धम्क्याएको घटनामा महासङ्घले विरोध गरेको हो ।

नेपाल पत्रकार महासङ्घ सुदूर पश्चिम प्रदेश समितिका महासचिव शिवराज भट्ट र नेपाल पत्रकार महासङ्घ कैलालीका सचिव तेजराज भट्टले एक विज्ञप्ति जारी गर्दै उपाध्यायलाई मेयर हमालका समर्थकरुले सामाजिक सञ्जाल र व्यक्तिगत रुपमा धम्की दिएको घटनाको निन्दा गर्दै दोषी उपर कारबाहीका लागि सरकारसँग माग गरेका छन् ।

‘समाचार वा लेखका बारेमा चित्त नबुझे कानूनी उपचारका थुप्रै उपायहरू हुँदै पत्रकारलाई धम्क्याउने कार्यप्रति पत्रकार महासङ्घ निन्दा गर्दछ’, जारी विज्ञप्तिमा भनिएको छ । धम्क्याउने कार्यमा संलग्न व्यक्तिहरूलाई कानूनी दायरामा ल्याई पत्रकार उपाध्याय र परिवारका सदस्यहरूको सुरक्षाका लागि सम्बन्धित निकायसँग माग गरिएको छ ।

उपाध्यायले धनगढीका नागरिकहरूका तर्फबाट आएका गुनासाहरूको उठान गर्दै पश्चिम टुडे डटकम अनलाइन न्यूज पोर्टलमा फागुन ५ गते ‘धनगढीको उज्यालो : भ्रम र वास्तविकता’ शीर्षकमा समाचार प्रकाशित गरेका थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ९ : २४ बजे

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक