केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री निर्माण « Khabarhub

केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री निर्माण


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री बनाउँदै आएको छ ।

गाउँपालिकाले नवप्रवर्तन साझेदारी कृषि कार्यक्रम अन्तरगत स्थानीय कच्चा स्रोतको व्यापारिक उपयोगितासम्बन्धी परियोजनामार्फत गण्डकी प्रदेशसँगको साझेदारीमा हस्तकलाका सामग्री बनाउँदै आएको हो ।

आर्थिक वर्ष २०७९–८० मा प्रदेशको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागत साझेदारीमा परियोजना सञ्चालनमा आएको हो । एक करोड लागत साझेदारी रहेको उक्त परियोजनामार्फत व्यावसायिकता अभिवृद्धिका लागि हस्तकलाका सामग्री बनाउने ४५ दिने तालिम दिएको गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलले बताए ।

फाइबरका लागि कच्चापदार्थको रुपमा केराको थाम आवश्यकपर्ने भएकाले किसानलाई निःशुल्क केराका बोट उपलब्ध गराएको उनको भनाइ छ । ‘फाइबरका लागि केराको थाम आवश्यक पर्छ, यसलाई प्रशोधन गरी डोरी बनाइन्छ’ उनले भने, ‘४५ दिने तालिम लिएकामध्ये हाल दैनिक ज्यालादारीमा सात महिलाले नियमितरुपमा हस्तकलाका सामग्री बनाउँदै आएका छन् ।’

उनले किसानले लगाएको केराबाट उत्पादन लिइसकेपछि खेर जाने केराको थाम पालिकाले निश्चित शुल्क तिरेर खरिद गरिदिने गरेको बताए । गाउँपालिकाले फाइबरका लागि आवश्यक पर्ने कच्चापदार्थ केराको थाम उत्पादन गर्न पालिकाभित्रका किसानलाई मागका आधारमा बीस हजार केराका बेर्ना निःशुल्क वितरण गरेको थियो । पालिकाले किसानबाट प्रति थाम २५ देखि ४५ रुपैयाँ सम्ममा खरिद गर्दै आएको छ ।

त्यसै खेर जाने केराको थामलाई प्रशोधन गरी विभिन्न हस्तकलाका सामग्री बनाउँदै आएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए । बाहिरबाट आयात हुने अतिथि सत्कारका सामग्रीलाई निरुत्साहित गर्दै स्थानीय कच्चापदार्थको प्रयोग गरी यहीँ बनाइएका हस्तकलाका सामग्रीको प्रयोगमा जोड दिइएको अध्यक्ष थापाले बताए ।

पछिल्लो समय बढ्दो प्लास्टिकजन्य फोहरकाकारण वातावरणमा असर भइरहेका बेला खेर जाने केराको थामको प्रयोगबाट हस्तकलाका सामग्री बनाएर प्रयोग गरिने अध्यक्ष थापाले बताए ।

गाउँपालिकाले उत्पादन गरेको खादा, गलैँचा, मायाको चिनोसहित आगामी दिनमा फाइबरको झोला बनाउने तयारी गरेको छ । गाउँपालिकाले दैनिक ज्यालादारी उपलब्ध गराउने गरी सात जनालाई रोजगारीसमेत दिएको छ । केराको फाइबरबाट बनाइएका हस्तकलाका सामग्रीको प्रयोगकर्ता बढ्दै गएका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  १२ : ०१ बजे

गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले जेन-जी प्रदर्शनमा कोटेश्वरमा ज्यान गुमाएका प्रहरी सहायक

पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउँछौँ : मन्त्री घिसिङ

कास्की– भौतिक पूर्वाधार यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले आज

मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण

दमौली– मुग्लिन पोखरा सडकखण्डअन्तर्गत व्यास नगरपालिका–४ र ५ स्थित मादी नदीमा

खेतीयोग्य बारी बाझिँदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

ढोरपाटन– खेतीयोग्य बारी बाझिँदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो

नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन् : अर्थमन्त्री खनाल

ललितपुर– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नागरिकलाई अधिकार सम्पन्न बनाउँदा सरकार कमजोर