नसर्ने रोगको पहिचान : काभ्रेमा एक महिने ‘स्क्रीनिङ’अभियान « Khabarhub

नसर्ने रोगको पहिचान : काभ्रेमा एक महिने ‘स्क्रीनिङ’अभियान


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काभ्रे– नसर्ने रोगको रोकथामका लागि काभ्रेपलाञ्चोकमा एक महिने ‘स्क्रीनिङ’ अभियान थालिएको छ । नसर्ने रोगका मानिसको सङ्ख्यामा वृद्धि हुँदै गएकाले रोकथाम गर्ने उद्देश्यले आइतबारदेखि स्क्रीनिङ अभियान सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।

पछिल्ला केही वर्षदेखि तीस वर्ष भन्दामाथि उमेर समूहकामा नसर्ने रोगको जोखिम बढ्दै गएको देखिएकाले स्क्रीनिङ अभियान सुरु गरिएको कार्यालय प्रमुख रागीश्री कक्षपति श्रेष्ठले बताइन् ।

उनका अनुसार अभियानमा उक्त उमेर समूहमा बीएमआई (बडी मास इन्डेक्स), उच्च रक्तचाप, मधुमेह तथा मृगौँलाको परीक्षण गरिनेछ । अभियानका क्रममा स्वास्थ्य परीक्षण पश्चात नसर्ने रोगको पहिचान भएकालाई परामर्श गरिने जनाइएको छ ।

कार्यालयका अनुसार सहरी स्वास्थ्य कार्यक्रमअन्तर्गत पहिलो चरणमा १५ स्थानमा अभियान कार्यक्रम सञ्चालन गरिने छ, भने जिल्लाको १३ वटै स्थानीय तहले यससम्बन्धी छुट्टाछुट्टै कार्यक्रम सञ्चालन गर्नेछन् ।

अभियान कार्यक्रमले काभ्रेपलाञ्चोकमा नसर्ने रोग न्यूनीकरण हुने अपेक्षा गरिएको छ । अभियान एक महिना सञ्चालन हुने जनाइएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  १२ : १२ बजे

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै