पशुपतिमा चहलपहल, आउन थाले थरीथरीका बाबा (तस्बिरहरू) « Khabarhub

पशुपतिमा चहलपहल, आउन थाले थरीथरीका बाबा (तस्बिरहरू)


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महाशिवरात्रि नजिकिएसँगै भगवान् पशुपतिनाथको मन्दिर परिसरमा बाबाहरूको चहलपहल बढेको छ ।

छिमेकी मुलुक भारतसहित नेपालका विभिन्न ठाउँबाट नागा बाबाहरू काठमाडौं आउन थालेका छन् ।

नागा बाबाहरू जन्तीसहित काठमाडौँ आएर अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ हुँदै प्रवेश गरेका छन् ।

जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागाबाबा सन्न्यासीअन्तर्गत पर्छन् । महाशिवरात्रिको अवसरमा काठमाडौंस्थित विश्व सम्पदा सूचीमा समावेश पशुपति मन्दिरमा चार थरी सम्प्रदायका बाबाहरू आउने गर्छन् ।

महाशिवरात्रि पर्व नजिकिएसँगै पशुपतिनाथ मन्दिर परिसरका आवतजावत गर्ने भक्तजनको पनि संख्या बढिरहेको छ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिमा भक्तजनको चाप देखेर व्यावस्थापन तीव्रता पारेको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  १२ : ४७ बजे

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको

महेश बस्नेत भक्तपुर–२ बाट चुनाव लड्ने

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव महेश बस्नेत भक्तपुर