स्वास्थ्य मन्त्रालयका रिक्त दुई पदमा तिन प्रतिस्पर्धी  | Khabarhub Khabarhub

स्वास्थ्य मन्त्रालयका रिक्त दुई पदमा तिन प्रतिस्पर्धी 


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिव र अतिरिक्त सचिव पद रिक्त भएको छ । स्वास्थ्य सचिव डा।रोशन पोखरेल र मन्त्रालयमै कार्यरत अतिरिक्त सचिव डा.दीपेन्द्ररमण सिंह विशिष्ट श्रेणीको पाँच वर्षे कार्यकाल पूरा गरेर हिजोदेखि अवकाश पाएपछि दुई पद रिक्त भएको हो ।

मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सचिवद्वय डा. पोखरेल र डा.सिंहलाई बिदाइ गरेका छन् । बिदाइ कार्यक्रममा मन्त्री पौडेलले दुवै सचिवलाई सेवा निवृत्त जीवनको शुभकामना व्यक्त गर्दै उनीहरूको अनुभव र दक्षताको सदैव खाँचो हुने बताएका थिए । 

रिक्त दुई पदमा बढुवाका लागि मन्त्रालयमै कार्यरत अतिरिक्त सचिव डा.सङ्गीता कौशल मिश्र, डा. विकास देवकोटा र डा. टङ्क बाराकोटी प्रतिस्पर्धामा छन् । सचिव बढुवाको पहिलो बरीयतामा डा. सङ्गीता कौशल मिश्र रहेकी छन् । उनी मन्त्रालयमै अतिरिक्त सचिवको जिम्मेवारीमा छन् ।

दोस्रो बरीयतामा डा।विकास देवकोटा र तेस्रो बरीयतामा डा. टङ्क बाराकोटी छन् । देवकोटा स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारीमा छन् भने बाराकोटी मन्त्रालयका अतिरिक्त सचिवको जिम्मेवारीमा छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  १ : ०१ बजे

विश्वकप लिग-२ : यूएई शृङ्खलाको पहिलो खेलमा आइतबार अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको पहिलो

आजको मौसम पूर्वानुमानः तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको

यी हुन् निवार्चन आयोगमा दर्ता भएका १२२ दल (सूचीसहित)

काठमाडौं – निर्वाचन आयोगले अहिलेसम्म आयोगमा अध्यावधिक भएका र दर्ता

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक ८ गते शनिबार। कात्तिक