स्वतन्त्र प्यालेस्टाइन राज्यको समर्थन गर्दै समाजवादीले भन्यो- विपिन जोशी रिहा हुनुपर्छ « Khabarhub

स्वतन्त्र प्यालेस्टाइन राज्यको समर्थन गर्दै समाजवादीले भन्यो- विपिन जोशी रिहा हुनुपर्छ


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिपक्षी नेकपा एकीकृत समाजवादी पार्टीले आफूलाई छुट्टै प्यालेस्टाइन राज्यको पक्षमा उभ्याएको छ ।

सोमबार केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै महासचिव घनश्याम भुसालले पार्टी प्यालेस्टाइन राज्यको पक्षमा रहेको जानकारी दिए ।

उनले प्यालेस्टाइनमा गत वर्षदेखि इजरायलले नरसंहार मच्चाएको पनि उल्लेख गरेका छन् । ‘गत वर्षदेखि प्यालेस्टाइनको गाजा क्षेत्रमा इजरायलले चलाएको नरसंहारले विश्व जनमतलाई विचलित बनाएको छ’, समाजवादीले सार्वजनिक गरेको २० बुँदे निर्णयको १४ नम्बरमा भनिएको छ, ‘यो बैठक विश्व जनमत तथा संयुक्त राष्ट्रसंघको प्रस्तावअनुसार स्वतन्त्र प्यालेस्टाइनको पक्षमा अभिमत दोहोऱ्याउँदै त्यहाँका जनतामाथि गरिएको बर्बरतापूर्ण आक्रमणको विरुद्ध तथा स्वतन्त्र प्यालेस्टीनी राज्यको पक्षमा संसारभरी उठेको आवाजमा ऐक्यबद्धता जनाउँछ ।’

समाजवादीले गत वर्ष अक्टोबर ७ मा इजरायलबाट हमास विद्रोहीले कब्जामा लिएर बन्धक बनाएका नेपाली युवक विपिन जोशीको यथाशीघ्र रिहाई पनि माग गरेको छ ।

‘गत वर्षदेखि बन्धक रहेका नेपाली नागरिक विपिन जोशीको यथाशिघ्र रिहाईका लागि माग गर्दछ’, महासचिव भुसालले भनेका छन् ।

समाजवादीले नेपालीहरूले विदेशमा रहँदा राहदानीको म्याद समाप्त भएपछि सम्बन्धित देशमा रहेका नेपाली राजदूतावासबाट लिने प्रक्रियामा धेरै सकस भोग्नु परेको जनाएको छ ।

‘राहदानी अभावका नाममा खासगरी कामदार नेपालीहरूले जे जस्तो सास्ती र झन्झट बेहोर्नु परेको छ । यस समस्याको तत्काल समाधान गर्दै सम्बन्धित दूतावासबाट तुरुन्त राहदानी प्राप्त गर्न सक्ने व्यवस्था मिलाउन यो बैठक सरकारसँग जोडदार माग गर्दछ’, भुसालले भनेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  २ : ५५ बजे

प्रधानमन्त्रीको सम्बोधन : सद्भाव खलबल्याउने गतिविधिविरुद्ध कडा कदम चाल्छौं (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै सुनसरीको देवानगञ्ज, सिरहा

सुनसरी घटनाको निष्पक्ष छानबिन हुन्छ, दोषीले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका

सामाजिक सद्भाव कायम राख्न पर्सा प्रशासनको आग्रह

पर्सा – पर्सा जिल्ला प्रशासन कार्यालयले देशका विभिन्न जिल्लामा पछिल्लो

मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु

लन्डन – मे र जुनमा यस पहिलेको सोही समयको रेकर्ड

सर्वपक्षीय बैठक : मोरङमा सद्भाव र्‍याली निकालिने

विराटनगर – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा दुई समूहबीच भएको विवादका