स्वतन्त्र प्यालेस्टाइन राज्यको समर्थन गर्दै समाजवादीले भन्यो- विपिन जोशी रिहा हुनुपर्छ « Khabarhub

स्वतन्त्र प्यालेस्टाइन राज्यको समर्थन गर्दै समाजवादीले भन्यो- विपिन जोशी रिहा हुनुपर्छ


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिपक्षी नेकपा एकीकृत समाजवादी पार्टीले आफूलाई छुट्टै प्यालेस्टाइन राज्यको पक्षमा उभ्याएको छ ।

सोमबार केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै महासचिव घनश्याम भुसालले पार्टी प्यालेस्टाइन राज्यको पक्षमा रहेको जानकारी दिए ।

उनले प्यालेस्टाइनमा गत वर्षदेखि इजरायलले नरसंहार मच्चाएको पनि उल्लेख गरेका छन् । ‘गत वर्षदेखि प्यालेस्टाइनको गाजा क्षेत्रमा इजरायलले चलाएको नरसंहारले विश्व जनमतलाई विचलित बनाएको छ’, समाजवादीले सार्वजनिक गरेको २० बुँदे निर्णयको १४ नम्बरमा भनिएको छ, ‘यो बैठक विश्व जनमत तथा संयुक्त राष्ट्रसंघको प्रस्तावअनुसार स्वतन्त्र प्यालेस्टाइनको पक्षमा अभिमत दोहोऱ्याउँदै त्यहाँका जनतामाथि गरिएको बर्बरतापूर्ण आक्रमणको विरुद्ध तथा स्वतन्त्र प्यालेस्टीनी राज्यको पक्षमा संसारभरी उठेको आवाजमा ऐक्यबद्धता जनाउँछ ।’

समाजवादीले गत वर्ष अक्टोबर ७ मा इजरायलबाट हमास विद्रोहीले कब्जामा लिएर बन्धक बनाएका नेपाली युवक विपिन जोशीको यथाशीघ्र रिहाई पनि माग गरेको छ ।

‘गत वर्षदेखि बन्धक रहेका नेपाली नागरिक विपिन जोशीको यथाशिघ्र रिहाईका लागि माग गर्दछ’, महासचिव भुसालले भनेका छन् ।

समाजवादीले नेपालीहरूले विदेशमा रहँदा राहदानीको म्याद समाप्त भएपछि सम्बन्धित देशमा रहेका नेपाली राजदूतावासबाट लिने प्रक्रियामा धेरै सकस भोग्नु परेको जनाएको छ ।

‘राहदानी अभावका नाममा खासगरी कामदार नेपालीहरूले जे जस्तो सास्ती र झन्झट बेहोर्नु परेको छ । यस समस्याको तत्काल समाधान गर्दै सम्बन्धित दूतावासबाट तुरुन्त राहदानी प्राप्त गर्न सक्ने व्यवस्था मिलाउन यो बैठक सरकारसँग जोडदार माग गर्दछ’, भुसालले भनेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  २ : ५५ बजे

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य