अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्द्धन गरौँ : उपप्रधानमन्त्री सिंह | Khabarhub Khabarhub

अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्द्धन गरौँ : उपप्रधानमन्त्री सिंह


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

लालबन्दी– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।

सर्लाहीको लालबन्दीमा शहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागबाट निर्मित बहुउद्धेश्यीय व्यापारिक भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । 

उपप्रधानमन्त्री सिंहले लालबन्दीमा निर्मित व्यापारिक भवनले यो क्षेत्रको आर्थिक गतिविधि बढाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे  । 

‘यहाँ जुन भवन बनेको छ यसको लक्ष्य युवाहरूले यहीँ बसेर आफूले उत्पादन गरेको सामाग्री, खाद्यपदार्थ देखि सबै स्थानीय उत्पादनहरूलाई मार्केटिङ गर्नका लागि एउटा स्थानको रूपमा यो भवन रहनेछ,’ भवन उद्घाटनपछि उपप्रधानमन्त्री सिंहले भने, ‘यसले लालबन्दी नगरपालिकालाई मात्र नभएर आजकालको आधुनिक व्यापारिक मोडल छ त्यसलाई युवाहरूले उपयोग गरे संसारभर प्रचारप्रसार गर्न सक्छन् ।’
 
उपप्रधानमन्त्री सिंहले लालबन्दीमा निर्मित भवन उद्घाटन लगत्तै नगरपालिकालाई हस्तान्तरण गरेका थिए । उपप्रधानमन्त्री सिंहले अर्थतन्त्र चलायमान बनाउनका लागि गर्नुपर्ने काम शहरी विकास मन्त्रालयले गर्ने भन्दै व्यापारिक भवनको उद्देश्यअनुसार काम अघि बढाउनेतर्फ ध्यान दिन आग्रह गरे ।

‘अर्थतन्त्र चलायमान बनाउन यहाँ भएको गतिविधिले सकारात्मक सन्देश जानेगरि यहाँहरुले काम गर्नुहुनेछ भन्ने मलाई विश्वास छ ,’ उपप्रधानमन्त्री सिंहले भने । 

शहरी विकास मन्त्रालय मातहतको संंघीय शहरी विकास तथा भवन निर्माण कार्यालयले निर्माण गरेको भवन ३ तल्लाको छ ।

जसमा भूइँतल्लामा १७ वटा व्यापारिक सटर,पहिलो तल्लामा ३ वटा च्याम्बर कोठा, तेस्रो तल्लमा १ वटा च्याम्बर कोठा र हल, सबै तल्लामा महिला पुरुष शौचालय छ । भवन ५ करोड ४१ लाख ५२ हजार ९ सय ७५ रुपैयाँ लागतमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ४ : २८ बजे

‘डिजिटल गभर्नेन्स राजनीतिक एजेन्डा हो, यसको कार्यान्वयन गर्न प्रतिबद्धता चाहिन्छ’ 

काठमाडौं– सरोकारवालाहरूले डिजिटल गभर्नेन्स राजनीतिक मुद्दा भएकाले यसको कार्यान्वयनमा राजनीतिक

कुर्स्कका बासिन्दाहरूलाई निकाल्न युक्रेनसँग ‘सम्झौता’

मस्को– युक्रेनले कब्जा गरेको कुर्स्क क्षेत्रका बासिन्दाहरूको उद्धारका लागि मस्कोले

दलित समुदायमाथि विभेद अन्त्यको माग गर्दै प्रदर्शन

काठमाडौं– दलित समुदायमाथिको विभेद अन्त्य, अन्तरजातीय विवाहलगायत विषयमा उत्पन्न समस्याबारे

अर्थसंक्षेप : अमेरिकी अनुदानका अरू सात कार्यक्रम स्थगित, पाथीभरा केबलकार विवाद वार्ताबाट समाधान गर्न माग

काठमाडौं– अमेरिकी सहयोग नियोग (युएसएआईडी) ले नेपालमा सञ्चालन गरेका अरु

सरकारले केबलकार निर्माण रोकेर आन्दोलनरत पक्षलाई वार्तामा बोलायो 

काठमाडौं– ताप्लेजुङ सदरमुकामस्थित पाथीभरा क्षेत्रमा निर्माणाधीन केबुलकारबारे सिर्जित विवाद समाधान