सुर्खेतमा ‘तरल नाइट्रोजन प्लान्ट’ बन्दै « Khabarhub

सुर्खेतमा ‘तरल नाइट्रोजन प्लान्ट’ बन्दै


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बन्न लागेको ‘तरल नाइट्रोजन प्लान्ट’ भवनको आज शिलान्यास गरेका छन् ।

कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको पशुपन्छी विकास निर्देशनालयको परिसरमा उक्त भवन निर्माण गर्न लागिएको हो । चार करोड ८५ लाखको लागतमा सो भवन निर्माण गर्न लागिएको हो । 

भवन शिलान्यास गर्दै मुख्यमन्त्री कँडेलले उन्नत जातका पशुपन्छी उत्पादन गर्न प्लान्ट भवन निर्माणले सहज हुने बताए। यस्तै तरल नाइट्रोजन प्लान्ट स्थापनाले प्रदेशलाई दूधमा समेत आत्मनिर्भर बनाउन मद्दत पुग्ने उनको भनाइ छ । 

प्लान्ट स्थापनापछि गाई, भैँसीको नस्ल सुधार, उच्च गुणस्तरका पाडा र बाच्छा उत्पादन गर्ने लक्ष्य छ । मन्त्रालयले गत आर्थिक वर्षमा रु ४० लाखको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर काम अगाडि बढाएको थियो । यसबाट पशुको वीर्य भण्डारण र कृत्रिम गर्भाधान नस्ल सुधार गर्न सहज हुने छ । 

प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले बाहिरबाट खरिद गरेर ल्याइएका उच्च जातका राँगा र साँढेको वीर्यलाई सुरक्षित राख्न र कृत्रिम गर्भाधान प्रक्रियामा प्रयोग गर्न भवन सहयोगी हुने बताए। 

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ३ : ३३ बजे

कांग्रेस विशेष महाधिवेशन बन्दसत्रको अध्यक्षता ज्येष्ठ सदस्य श्यामकुमारले गर्ने

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र सुरु

बैतडीमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु

बैतडी– बैतडीको जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ साँडीघाँटीमा जीप दुर्घटना

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।