इरान आक्रमणका लागि अमेरिकी राष्ट्रपतिको निर्देशन र कारबाहीको थालनी र लक्ष्य « Khabarhub

इरान आक्रमणका लागि अमेरिकी राष्ट्रपतिको निर्देशन र कारबाहीको थालनी र लक्ष्य


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलको संयुक्त कारबाहीका लागि निर्देशन थियो, ‘अपरेसन एपीक फ्युरी’ स्वीकृत भएको छ ।  फिर्ता गरिएको छैन । शुभकामना !’

त्यसपछि अमेरिकी सेनाले व्यापक आक्रमण सुरु गर्यो जसले इरानी कमान्ड र कन्ट्रोल स्थलहरू ध्वस्त पारेको छ, मिसाइल पूर्वाधारहरू नष्ट गरेको छ र नौसेना जहाजलाई डुबाइदिएको छ । 

एएफपीले इरान विरुद्ध अमेरिकी कारबाहीमा महत्त्वपूर्ण क्षणहरूको समीक्षा गरेको गरेको छ । 

–सैन्य बल निर्माण

अमेरिकाका शीर्ष सैन्य अधिकारी जनरल डन केनले सोमबार एक पत्रकार सम्मेलनमा भने, ‘राष्ट्रपतिलाई आवश्यक कारबाही गर्नुपर्ने भएमा विश्वसनीय विकल्प उपलब्ध गराउन सकियोस् भनी अमेरिकाले मध्यपूर्वमा हप्तौंदेखि सैन्य बलको निर्माण गरिरहेको थियो ।’

उनले भने, ’यी गतिविधिहरूले अमेरिकी सेना कुनै पनि उदीयमान खतराको सामना गर्न तयार र सुरक्षित रहेको सुनिश्चित गरेको थियो। यस तैनाथीमा सबै शाखाका हजारौँ सेवा सदस्य, सयौँ चौथो र पाँचौँ पुस्ताका लडाकु, दर्जनौँ इन्धन भर्ने ट्याङ्करहरू, लिंकन र फोर्ड क्यारियर स्ट्राइक समूह र उनीहरूको हवाई शाखा, युद्ध सामग्रीको निरन्तर प्रवाह, इन्धन आपूर्ति समावेश थियो।’

 –जिम्मेवारी सम्पादन गर्ने आदेश

केनले भने, ‘आक्रमणको आदेश शुक्रबार दिउँसो आएको थियो। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रमुख पिट हेगसेथले मध्यपूर्वमा अमेरिकी सेनाको जिम्मेवारी लिने सेन्ट्रल कमान्ड (सेन्टकम) लाई सो जानकारी गराएका थिए । 

राष्ट्रपतिले दिएको निर्देशनलाई उद्धृत गर्दै उनले भने, ‘अपरेसन एपिक फ्युरी स्वीकृत छ। परित्याग गरिएको छैन । शुभकामना!’ 

– थालनी 

साइबर र स्पेस कमान्डलाई उद्धृत गर्दै केनले भने, ‘यूएस साइबरकम’ र ‘यूएस स्पेसकम’ सबैभन्दा पहिले परिचालन गरिएका थिए, जसले गैर–काइनेटिक प्रभावहरू प्रवाह गरे र इरानको हेर्ने, सञ्चार गर्ने र प्रतिक्रिया गर्ने क्षमतालाई अवरोध र अवमूल्यन गरे र अन्धो बनाए।

त्यसपछि प्रमुख अमेरिकी युद्ध अभियानसंयुक्त राज्य अमेरिकाको पूर्वी तटमा शनिबार बिहान १ः१५ बजे र तेहरानमा बिहान ९ः४५ बजे सुरु भयो।

‘जमिन, समुद्रबाट १०० भन्दा बढी लडाकु विमान, ट्यांकर, हावाबाट उत्पन्न ९प्राप्त० हुने पूर्व चेतावनी, इलेक्ट्रोनिक आक्रमण, अमेरिकाबाट बमवर्षक र मानव रहित प्लेटफर्महरूले आक्रमणको श्रृङ्खला बनाउँछ,’ जनरल केनले भने। 

अमेरिकी नौसेनाले इरानी नौसेनाका जहाजहरूमा ‘टोमाहक क्रुज मिसाइल’हरू पनि प्रक्षेपण गरेको थियो, जबकि अमेरिकी स्थलसेनाले ‘सटीक स्ट्यान्डअफ हतियार’हरू प्रहार गरेको थियो,’ केनले भने। 

अभियानको सुरुवात केही अवस्थाहरूमा वर्ष र महिनौँ गरी यस विशेष लक्ष्य निर्धारण गरिएको उनले बताए।
 
– लक्ष्य 

केनले भने, ‘संयुक्त राज्य अमेरिकाले युद्धको पहिलो २४ घण्टामा एक हजारभन्दा बढी लक्ष्यहरू प्रहार गरेको थियो ।’ 

उनले भने, ‘प्रारम्भिक चरणमा सेन्टकमको ध्यान इरानीहरूको ‘कमान्ड एन्ड कन्ट्रोल’ पूर्वाधार, नौसेना बल, ब्यालेस्टिक मिसाइल स्थलहरू र गुप्तचर पूर्वाधारहरूलाई व्यवस्थित रूपमा निशाना बनाउनु थियो।’

उनले थपे, ‘समन्वित अन्तरिक्ष र साइबर अपरेसनले जिम्मेवारीको क्षेत्रमा संचार र सेन्सर नेटवर्कलाई प्रभावकारी रूपमा अवरोध पुर्यायो, जसले प्रतिद्वन्द्वीलाई उसको हेर्ने क्षमतालाई अवरोध गरायो जसका कारण प्रभावकारी रूपमा प्रतिक्रिया दिन असम्भव भयो ।’
 
– उद्देश्य 
 
उनले भने, ‘हाम्रो सैन्य उद्देश्य स्पष्ट छ । हाम्रो मिशन भनेको हाम्रो सुरक्षा र प्रतिरोध गर्नु हो, र हाम्रा क्षेत्रीय साझेदारहरूसँग मिलेर इरानलाई आफ्नो सीमाभन्दा बाहिर शक्ति प्रक्षेपण गर्ने क्षमताबाट रोक्नु हो । उपयुक्त रूपमा युद्धको निरन्तरताको सामनाका लागि तयार रहनुहोस्।’ 

तर ती उद्देश्यहरू पूरा गर्ने समयरेखा खुला छ। ‘यो रातारात भएको कुनै पनि कारबाही होइन । सेन्टकम र संयुक्त बललाई जिम्मेवारी दिइएको सैन्य उद्देश्यहरू प्राप्त गर्न केही समय लाग्नेछ,’ जनरलले भने। 

उनले भने, ‘हामी थप नोक्सानी व्यहोर्ने अपेक्षा गरेका छौँ तर सधैँझैँ हामी अमेरिकी क्षति न्यूनीकरण गर्ने दिशामा काम गर्नेछौँ । युद्ध सुरु भएयता चार अमेरिकी सैनिकको मृत्यु भइसकेको पुष्टि गरिएको छ ।’
 

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  २ : १९ बजे

रामहरि श्रेष्ठ हत्या प्रकरण : गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय

काठमाडौं– सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरणमा दोषी

संविधान संशोधन कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीत्रयसँग सुझाव संकलन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित

काठमाडौंमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु, वुसिया संस्कृति र एआई प्रविधिबीच संवाद

काठमाडौं – ‘२०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी’ काठमाडौंमा सुरु भएको

विश्वकपमा युद्धको छाया, इरानी समर्थकको टिकट कोटा पनि रद्द

काठमाडौं– पश्चिम एशियामा जारी युद्धको प्रभाव विश्वभर परिरहेका बेला फुटबलको

‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई दुर्घटना