‘०७९ मा गिलासमा मत हाल्न लगाउनु गल्ती थियो, माफी दिनुहोला’ « Khabarhub

‘०७९ मा गिलासमा मत हाल्न लगाउनु गल्ती थियो, माफी दिनुहोला’


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गत निर्वाचनमा राष्ट्रिय जनमोर्चाको चुनाव चिह्नमा मत हाल्न लगाइएको भन्दै प्युठानका नेता–कार्यकर्तासँग माफी मागेका छन्।

कांग्रेस प्युठानको जिल्ला सम्मेलन सम्बोधन गर्दै सोमबार महामन्त्री थापाले गत निर्वाचनमा चुनावी गठबन्धन गरेर कांग्रेसका कार्यकर्तालाई रूख चिह्नमा मत हाल्नबाट वञ्चित गरिएकोप्रति माफी मागेका हुन् ।

‘०७९ सालमा हामीले ५ वटा पार्टीसँग मिलेर गठबन्धन गर्‍यौँ । त्यो गल्ती थियो । म प्युठानका नेपाली कांग्रेसका तमाम साथीहरूसँग आज यही मञ्चबाट माफी पनि माग्न चाहन्छु,’ उनले भने, ‘हामीले तपाईंहरूलाई रूख चिह्नमा मत हाल्न नलगाएर गिलासमा मत हाल्न लगायौँ । त्यो गल्ती थियो, म त्यसका लागि माफी माग्न चाहन्छु ।’

महामन्त्री थापाले आगामी दिनमा कांग्रेसले विगतको गल्ती नदोहोर्‍याउने पनि प्रतिवद्धता जनाए ।

‘ती गल्तीहरू नेपाली कांग्रेसले अब कहिल्यै पनि दोहोर्‍याउँदैन,’ उनले भने, ‘दोहोर्‍याउनु पनि हुन्न ।’

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ५ : ५९ बजे

इरान युद्धको छायामा ट्रम्प-ताकाइची भेट : अमेरिका जापानसँग के चाहन्छ ?

वासिङ्टन– जापानकी प्रधानमन्त्री सानाए ताकाइची र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली– यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा

आज विश्व हिमनदी दिवस

काठमाडौं– आज विश्व हिमनदी दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा गत

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु साझेदारी वन उपभोक्ता समूहले

शपथका लागि सांसद दुई घण्टा अगाडि उपस्थित हुनुपर्ने, थप के छ सूचनामा ?

काठमाडौँ – प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यको शपथ सम्बन्धी सूचना संघीय