‘०७९ मा गिलासमा मत हाल्न लगाउनु गल्ती थियो, माफी दिनुहोला’ « Khabarhub

‘०७९ मा गिलासमा मत हाल्न लगाउनु गल्ती थियो, माफी दिनुहोला’


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गत निर्वाचनमा राष्ट्रिय जनमोर्चाको चुनाव चिह्नमा मत हाल्न लगाइएको भन्दै प्युठानका नेता–कार्यकर्तासँग माफी मागेका छन्।

कांग्रेस प्युठानको जिल्ला सम्मेलन सम्बोधन गर्दै सोमबार महामन्त्री थापाले गत निर्वाचनमा चुनावी गठबन्धन गरेर कांग्रेसका कार्यकर्तालाई रूख चिह्नमा मत हाल्नबाट वञ्चित गरिएकोप्रति माफी मागेका हुन् ।

‘०७९ सालमा हामीले ५ वटा पार्टीसँग मिलेर गठबन्धन गर्‍यौँ । त्यो गल्ती थियो । म प्युठानका नेपाली कांग्रेसका तमाम साथीहरूसँग आज यही मञ्चबाट माफी पनि माग्न चाहन्छु,’ उनले भने, ‘हामीले तपाईंहरूलाई रूख चिह्नमा मत हाल्न नलगाएर गिलासमा मत हाल्न लगायौँ । त्यो गल्ती थियो, म त्यसका लागि माफी माग्न चाहन्छु ।’

महामन्त्री थापाले आगामी दिनमा कांग्रेसले विगतको गल्ती नदोहोर्‍याउने पनि प्रतिवद्धता जनाए ।

‘ती गल्तीहरू नेपाली कांग्रेसले अब कहिल्यै पनि दोहोर्‍याउँदैन,’ उनले भने, ‘दोहोर्‍याउनु पनि हुन्न ।’

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ५ : ५९ बजे

हर्षल पाठक नेपाली महिला क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले हर्षल पाठकलाई नेपाली महिला

एमाले महाधिवेशनः यस्तो छ उम्मेदवारको अन्तिम नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन– नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती

हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ : शंकर पोखरेल

काठमाडौं – नेकपा (एमाले)का नेता शंकर पोखरेलले पार्टी आन्दोलन र

काठमाडौं उपत्यकामा बढ्यो चिसाे (तस्बिरहरू) 

काठमाडौं– पुस महिना लागेसँगै काठमाडौं उपत्यका लगायत देशभरको तापक्रम घट्दो