दण्डपाणि नन्दकुमारी अर्ज्याल स्मृति पुरस्कार अन्सारीलाई  « Khabarhub

दण्डपाणि नन्दकुमारी अर्ज्याल स्मृति पुरस्कार अन्सारीलाई 


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २०८१ सालको दण्डपाणि ‘नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार’ मानव अधिकारवादी मोहना अन्सारीलाई प्रदान गरिने भएको छ । 

५० हजार राशिको उक्त पुरस्कार राष्ट्रिय महत्त्वका विषयमा योगदान पुर्‍याउने व्यक्तिलाई दिँदै आएको छ । 

दण्डपाणि अर्ज्याल स्मृति केन्द्रका अध्यक्ष वरिष्ठ ईश्वरचन्द्र बानियाको अध्यक्षतामा फागुन ११ गते बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । 

वि.स. २०६२ सालमा स्थापित स्मृति केन्द्रले पुरस्कार दिँदै आएको छ । यही फागुन १७ गते शनिबार प्रज्ञा प्रतिष्ठानको हलमा पुस्तक विमोचन तथा संस्थाको साधारण सभाको भव्य कार्यक्रमको बीचमा उक्त पुरस्कार मोहना अन्सारीलाई अर्पण गरिने भएको महासचिव कपिलचन्द्र खनालले जानकारी दिए । 

गोरखामा वि.स. १९६३ मा जन्मिएका विद्वान् शिक्षा सेवी, इतिहास विज्ञ तथा समाजसेवी स्वर्गीय दण्डपाणि अर्ज्याल इतिहास ,ज्योतिष शास्त्र र संस्कृतिका अध्येता थिए । नन्दकुमारी उनकी धर्मपत्नी हुन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ५ : ५६ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको