जापानमा हिम पहिरोको चेतावनी | Khabarhub Khabarhub

जापानमा हिम पहिरोको चेतावनी


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – जापानको मौसम सम्बन्धी निकायले दुई सातादेखि हुस्सु लाग्ने, हिउँ पर्ने चिसो मौसमी परिवर्तनबीच आगामी दिनमा थप भारी हिमपातको सामना गर्नुपर्ने चेतावनी दिएको छ । 

मौसममा आउने परिवर्तनका कारण सडकहरूमा हिउँ जम्ने र सम्भावित हिमपहिरो आउनसक्ने अवस्थाप्रति सतर्क रहन यात्रामा निस्कने नागरिकहरूलाई आग्रह गरेको छ । 

धेरै स्की रिसोर्टहरू रहेको जापानी समुद्री क्षेत्रका वरपर राज्यहरूले हरेक वर्ष भारी हिमपातको अनुभव गर्छन् । जापानी रिसोर्टहरूले विदेशबाट आउने पर्यटकहरूको बढ्दो सङ्ख्यालाई आकर्षित गर्दछ।

जापानका धेरै शहरमा यो महिना उच्च हिमपात हुँदा ठाउँ ठाउँमा यातायात अवरुद्ध हुनुका साथै दर्जनौँ मानिसहरूको मृत्यु भएको छ ।

जापानको मौसम विज्ञानसम्बन्धी निकाय (जेएमए) ले सोमबार निगाता, इशिकावा र नागानो प्रान्तका साथै हिरोशिमा र शिमाने प्रान्तलगायत केही पश्चिमी क्षेत्रमा थप हिमपातको सम्भावना रहेको जनाएको छ ।

एजेन्सीले ती क्षेत्रमा हिमस्खलन, हिउँले ढाकिएका सडक र पानीका पाइपहरू जमेकाले सतर्क रहन पनि चेतावनी दिएको छ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ६ : २३ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास