मध्य मेक्सिकोमा बन्दुकधारीको आक्रमणमा आठ जनाको मृत्यु « Khabarhub

मध्य मेक्सिकोमा बन्दुकधारीको आक्रमणमा आठ जनाको मृत्यु


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेनसी– मेक्सिकोको हिंसात्मक हुने स्थानमध्येको एक राज्य सेलायामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा आठ जनाको मृत्यु भएको छ ।

ग्वानाजुआटोको सडकमा शनिबार राति पाँच महिला र तीन पुरुषको हत्या भएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

ग्वानाजुआटो एक समृद्ध औद्योगिक केन्द्र हो र धेरै लोकप्रिय पर्यटन गन्तव्य हो भने यहाँ हुने हिंसात्मक गतिविधिका कारण यसलाई मेक्सिकोको एक हिंस्रक राज्य पनि मानिन्छ ।

सन् २०२३ मा बन्दुकधारीले जल उद्यानमा आक्रमण गरी एक बालकसहित सात जनाको हत्या गरेको थियो । नेसनल गार्डले आइतबार ग्वानाजुआटोमा सान्टा रोजा डे लिमा कार्टेलका लागि आक्रमणको नेतृत्व गरेको पहिचान गरिएको भनिएका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

ग्वानाजुआटोमा भएको हिंसालाई ‘सान्टा रोजा डे लिमा’ गिरोह र ल्याटिन अमेरिकी राष्ट्रको सबैभन्दा शक्तिशाली मध्येको एक ‘जालिस्को न्यू जेनेरेसन कार्टेल’बीच चलिरहेको द्वन्द्वसँग जोडिएको छ।

मेक्सिकोमा सन् २००६ मा मानव बेचबिखन नियन्त्रणका लागि सेना परिचालन गरेयता लागूऔषधसम्बन्धी हिंसामा परी चार लाख ८० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको सरकारी तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ६ : २७ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले