मुम्बईविरुद्ध चेन्नईको जितमा रचिन रविन्द्र र कप्तान गायकवाडको अर्धशतक « Khabarhub

मुम्बईविरुद्ध चेन्नईको जितमा रचिन रविन्द्र र कप्तान गायकवाडको अर्धशतक


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले चार विकेटको जित निकालेको छ।

टस हारेर सुरुमा ब्याटिङ गरेको मुम्बईले चेन्नाई सुपर किंग्सलाई एक सय ५६ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङ गरेको चेन्नईले ५ बल बाँकी हुँदा ६ विकेट गुमाएर १५८ रन बनाउँदै लक्ष्य पूरा गरेको हो।

चेन्नईको जितमा ओपनर रचिन रविन्द्र र कप्तान ऋतुराज गायकवाडले अर्धशतक प्रहार गरे। नटआउट ४५ बलको सामना गरेको रविन्द्रले चार छक्का र दुई चौकाको मद्दतमा ६५ रन बनाए भने कप्तान गायकवाडले २६ बलमा ६ चौका र तीन छक्काको मद्दतमा ५३ रन जोड्दै अर्धशतक पूरा गरे। उसका लागि रविन्द्र जडेडाले १७ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

राहुल त्रिपाठी २, शिवमन दुवे ९, दीपक होडा ३, श्याम कुरान ४ रनमा आउट हुँदा महेन्द्रसिंह ध्वनीले नटआउट २ बलको समना गरे ।

मुम्बईका लागि विघ्नेश पुथुरले तीन विकेट हात पार्दा दीपक चाहर र विल ज्याक्सले एकएक विकेट लिए।

चेन्नाईको घरेलु मैदानमा टस हारेर पहिले ब्यटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ५५ रन बनाएको थियो।

मुम्बईका लागि तिलक वर्माले सर्वाधिक ३१ रन बनाए। २५ बलको सामना गरेका उनले दुई चौका र दुई छक्का प्रहार गरे। यस्तै कप्तान सूर्यकुमार यादवले २९ बनाउँदा दिपक चहर २८ रनमा आउट भए।

मुम्बईलाई सस्तैमा समेट्न चेन्नाईका लागि नुर अहमदले सर्वाधिक चार विकेट हात पारेका थिए। चार ओभर बलिङ गरेका उनले मात्र १८ रन खर्चिए। उनी खेलको म्यान अफ द म्याच बनेका छन्। उसका लागि अलिल अहमदले तीन विकेट लिए।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ५ : ३३ बजे

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा