पिएम कपमा आज तीन खेल : गण्डकी र मधेश, एपिएफ र लुम्बिनी, बागमती र कर्णाली भिड्दै « Khabarhub

पिएम कपमा आज तीन खेल : गण्डकी र मधेश, एपिएफ र लुम्बिनी, बागमती र कर्णाली भिड्दै


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार तीन खेल हुँदैछन्।

सोमबार गण्डकी प्रदेश र मधेश प्रदेश सिद्धार्थनगर मैदानमा भिड्नेछन् भने सशस्त्रको एपीएफ क्लब र लुम्बिनी प्रदेश भैरहवाको मैदानमा प्रतिस्पर्धा गर्नेछन्। तेस्रो खेलमा बागमती र कर्णाली प्रदेश फाप्ला क्रिकेट मैदानमा भिड्दैछन्। तीन वटै खेल बिहान ९ बजे सुरु हुनेछ।

प्रतियोगितामा सहभागी १० टिममध्ये नेपाल पुलिस क्लब सात खेलमा सात जित निकाल्दै १४ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ। आठ खेलमा एक खेल गुमाएको आर्मी समान १४ अंकसहित रनरेटका आधारमा तालिकाको दोस्रो स्थानमा छ।

सातमा ५ खेल जितेर दुई खेल गुमाएको एपिएफ १० अंकसहित तालिकाको तेस्रो स्थानमा छ भने समान आठ अंक भएका कर्णाली र लुम्बिनी चौथो र पाँचौ स्थानमा छन्। लुम्बिनीले आठ खेल खेलिसकेको छ भने कर्णालीले सात खेल खेलेको छ।

बागमती र सुदूरपश्चिमको समान ६ अंक छ। तालिकाको छैटौ स्थानमा रहेको बागमतीले ७ खेल खेलेको छ भने सातौं स्थानको सुदूरपश्चिमले आठ खेल खेलिसकेको छ।

६ खेलमा दुई मात्र जित निकालेको मधेश चार अंकसहित आठौं स्थानमा छ भने समान आठ खेलमा एक मात्र जित निकाल्दै दुई अंक मात्र जोडेका कोशी र गण्डकी तालिकाको पुछारमा छन्।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ६ : ०५ बजे

पहिलो दिनको १२ घण्टे प्रशिक्षणमा रास्वपाले सांसदलाई के पढाउँदै छ ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि

चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु

काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको

काबुलस्थित एक अस्पतालमा पाकिस्तानको हवाई आक्रमण, कम्तिमा ४०० जनाको मृत्यु

काठमाडौँ– अफगानिस्तानको राजधानी काबुलस्थित लागूऔषध प्रयोगकर्ताहरूको उपचार हुने एक अस्पतालमा

रास्वपा सभापति लामिछानेमाथिको मुद्दा फिर्ताविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि लागेको सहकारी

लाङटाङ निकुञ्जका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत वितरण

रसुवा– लाङटाङ राष्ट्रिय निकुञ्जभित्रका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत प्रदान गरिएको