पिएम कपमा आज तीन खेल : गण्डकी र मधेश, एपिएफ र लुम्बिनी, बागमती र कर्णाली भिड्दै « Khabarhub

पिएम कपमा आज तीन खेल : गण्डकी र मधेश, एपिएफ र लुम्बिनी, बागमती र कर्णाली भिड्दै


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार तीन खेल हुँदैछन्।

सोमबार गण्डकी प्रदेश र मधेश प्रदेश सिद्धार्थनगर मैदानमा भिड्नेछन् भने सशस्त्रको एपीएफ क्लब र लुम्बिनी प्रदेश भैरहवाको मैदानमा प्रतिस्पर्धा गर्नेछन्। तेस्रो खेलमा बागमती र कर्णाली प्रदेश फाप्ला क्रिकेट मैदानमा भिड्दैछन्। तीन वटै खेल बिहान ९ बजे सुरु हुनेछ।

प्रतियोगितामा सहभागी १० टिममध्ये नेपाल पुलिस क्लब सात खेलमा सात जित निकाल्दै १४ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ। आठ खेलमा एक खेल गुमाएको आर्मी समान १४ अंकसहित रनरेटका आधारमा तालिकाको दोस्रो स्थानमा छ।

सातमा ५ खेल जितेर दुई खेल गुमाएको एपिएफ १० अंकसहित तालिकाको तेस्रो स्थानमा छ भने समान आठ अंक भएका कर्णाली र लुम्बिनी चौथो र पाँचौ स्थानमा छन्। लुम्बिनीले आठ खेल खेलिसकेको छ भने कर्णालीले सात खेल खेलेको छ।

बागमती र सुदूरपश्चिमको समान ६ अंक छ। तालिकाको छैटौ स्थानमा रहेको बागमतीले ७ खेल खेलेको छ भने सातौं स्थानको सुदूरपश्चिमले आठ खेल खेलिसकेको छ।

६ खेलमा दुई मात्र जित निकालेको मधेश चार अंकसहित आठौं स्थानमा छ भने समान आठ खेलमा एक मात्र जित निकाल्दै दुई अंक मात्र जोडेका कोशी र गण्डकी तालिकाको पुछारमा छन्।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ६ : ०५ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको