काठ उद्योगको आगो अझै नियन्त्रणमा आएन : ३० घर जोखिममा « Khabarhub

काठ उद्योगको आगो अझै नियन्त्रणमा आएन : ३० घर जोखिममा


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

दाङ – घोराही उपमहानगरपालिका-९ खैरास्थित साङ्ग्रिला काठ तथा प्लाई उद्योगमा आगगाली हुँदा करोडौँ रुपियाँको क्षति भएको छ। उक्त उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार आठ बिघा क्षेत्रफलमा रहेको सो उद्योगमा आगलागीका कारण उद्योग नजिकका ३० भन्दा बढी घर जोखिममा रहेका छन्। ती घरका सामान बाहिर निकाल्ने काम भइरहेको छ भने त्यहाँ बस्दै आएका नागरिकलाई सुरक्षित स्थानमा लगिएको उनले बताए।

आगलागीबाट प्लाई बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, प्लाई बनाउने मेसिनलगायत सामग्री जलेर नष्ट भएका छन्।

उद्योगमा गएराति २ बजेदेखि लागेको आगो अझै निभाउन सकिएको छैन। अहिले घोराही, तुलसीपुर, लमही, गढवा र कपिलवस्तुबाट ल्याइएका दमकलको सहयोगमा आगो निभाउने काम भइरहेको छ।

आगो निभाउन ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयवासी खटिएका छन्।

यो पनि पढ्नुहोस्

दाङको एक काठ उद्योगमा मध्यरातमा आगलागी

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ९ : ४६ बजे

एसियाली खेलकुदमा नेपाली खेलाडीले बनाए निराश, कराँते र उसूका सबैजसो खेलाडी पराजित

नागोया- जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा आइतबार नेपालका पदकका

उमेर र तौलको ट्रोलिङमा सलमानको जवाफ : कपडा फुकाल्दै भने- ‘कर लो ट्रोलिङ’

काठमाडौं– बलिउड अभिनेता सलमान खान आफ्नो उमेर, तौल, रूप र

दोलखा कांग्रेसको वडा अधिवेशन : ६० वडामा सम्पन्न, १४ वडाको नतिजा आउन बाँकी

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौवटा स्थानीय तहका ७४

केही नेताले शेरबहादुर दाइलाई अल्मल्याए : महालक्ष्मी उपाध्याय ‘डिना’

काठमाडौं- पूर्वसभापति शेरबहादुर देउवाको साथ छोडेर केही दिनअघि नेपाली कांग्रेसको

अमेरिका-इरान तनाव फेरि बढ्दै, भ्रमण छोट्याएर ह्वाइट हाउस फर्किए ट्रम्प, नागरिकलाई सतर्क रहन आग्रह

वासिङ्टन- मध्यपूर्वमा अमेरिका र इरानबीच फेरि तनाव बढेको देखिएको छ।