बाघको सङ्ख्या बढ्दा बासस्थानको समस्या « Khabarhub

बाघको सङ्ख्या बढ्दा बासस्थानको समस्या


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

चितवन – नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा त्यसको बासस्थान क्षेत्र बढाउनुपर्ने देखिएको छ। निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र र अन्य वन क्षेत्र बाघको बासस्थान भए पनि बाघको सङ्ख्या बढ्न थालेपछि बासस्थानको समस्या पनि बढेको छ।

चितवन राष्ट्रिय निकुञ्जले यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले बाघका लागि बासस्थान बढाउन आवश्यक रहेको बताए। विगत पाँच वर्षयता बाघको सङ्ख्या बढ्दै गएकाले बासस्थान पनि बढाउन आवश्यक रहेको उनको भनाइ छ।

उनले भने, ‘हिंस्रक बाघलाई खुला चिडियाघर बनाएर उनीहरूको संरक्षण गर्न आवश्यक छ, खुला चिडियाघर बनाएर त्यसलाई आयआर्जनसँग जोड्न सकिन्छ।’

नेपालमा बाघको सङ्ख्या सन् २००९ मा एक सय २१ रहेकामा सन् २०२२ मा बढेर तीन सय ५५ पुगेको छ। बाघको सङ्ख्या सन् २०१३ मा एक सय ९८ र सन् २०१८ मा दुई सय ५३ रहेको थियो। बाघको सङ्ख्या बढ्दै गर्दा बासस्थान क्षेत्र ९३ प्रतिशत घटेको आचार्यले बताए।

एक सय वर्ष पहिले विश्वमा एक लाखको हाराहारीमा बाघ रहेकामा अहिले यो सङ्ख्या घटेर पाँच हजार पुगेको उनले जानकारी दिए। पछिल्ला वर्षहरूमा बाघको संरक्षणमा ध्यान दिइएकाले यसको सङ्ख्या बढ्दै गएको हो।

नेपालको वन क्षेत्रमा पाँच सयको हाराहारीमा बाघ राख्न सकिने आचार्यले बताउनुभयो। आचार्य भन्छन्, ‘निकुञ्जको कोर क्षेत्रमा चार सय चार बाघ राख्न सकिने देखिन्छ।’

बाघको मुख्य आहार मृग प्रजाति रहेकाले यसलाई समेत संरक्षण गर्न आवश्यक छ। मृग प्रजातिसँगै बाँदर र घरपालुवा जनावार बाघको आहाराका रूपमा रहेको सो अवसरमा जानकारी दिइयो।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  १० : ०२ बजे

एसियाली खेलकुदमा नेपाली खेलाडीले बनाए निराश, कराँते र उसूका सबैजसो खेलाडी पराजित

नागोया- जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा आइतबार नेपालका पदकका

उमेर र तौलको ट्रोलिङमा सलमानको जवाफ : कपडा फुकाल्दै भने- ‘कर लो ट्रोलिङ’

काठमाडौं– बलिउड अभिनेता सलमान खान आफ्नो उमेर, तौल, रूप र

दोलखा कांग्रेसको वडा अधिवेशन : ६० वडामा सम्पन्न, १४ वडाको नतिजा आउन बाँकी

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौवटा स्थानीय तहका ७४

केही नेताले शेरबहादुर दाइलाई अल्मल्याए : महालक्ष्मी उपाध्याय ‘डिना’

काठमाडौं- पूर्वसभापति शेरबहादुर देउवाको साथ छोडेर केही दिनअघि नेपाली कांग्रेसको

अमेरिका-इरान तनाव फेरि बढ्दै, भ्रमण छोट्याएर ह्वाइट हाउस फर्किए ट्रम्प, नागरिकलाई सतर्क रहन आग्रह

वासिङ्टन- मध्यपूर्वमा अमेरिका र इरानबीच फेरि तनाव बढेको देखिएको छ।