सिँचाइ सुविधापछि एकैवर्षमा तीन बाली खेती « Khabarhub

सिँचाइ सुविधापछि एकैवर्षमा तीन बाली खेती


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

फिक्कल– इलाम नगरपालिका–१० भिरगाउँमा सिँचाइ योजना पुनःर्निर्माण भएपछि किसानलाई खाद्यबालीसँगै तरकारीखेती गर्न सहज भएको छ । वर्षमा एक बालीमात्र उत्पादन हुँदै आएको सो क्षेत्रमा सिँचाइ आयोजना पुनर्निर्माणपछि किसानले तीन बालीसम्म खेती गर्न थालेका छन् ।
 
साना सिँचाइ कार्यक्रमअन्तर्गत रु ४१ लाख ९४ हजारको लागतमा मालबाँसे भिरगाउँ हुँदै तेस्रोगाउँ जोड्ने सिँचाइ आयोजना पुनर्निर्माणपछि किसानले राहत पाएका हुन् । 

स्थानीय अँधेरीखोलाबाट आठ सय ९५ मिटर लामो पक्की कुलो निर्माण भएको वडा नं १० का वडाध्यक्ष दिलीप प्रधानले जानकारी दिए । आयोजनाबाट ३९ घरपरिवारको १५ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार एको छ ।

आयोजना पुनर्निर्माण सम्पन्न भई पानी आउन थालेपछि भिरगाउँका किसान खुसी भएका हुन् । पानी अभावमा खेत बाँझै राखेर बस्न विवश भिरगाउँका किसानलाई सिँचाइ आयोजनाले राहत मिलेको उपभोक्ता समितिका अध्यक्ष किशोर रम्तेलले बताए
। 

स्वीडेन सरकारको १२ लाख ५८ हजार रुपैयाँ, सङ्घीय सरकार, प्रदेश सरकार र इलाम नगरपालिकाको आठ लाख ३८ हजार रुपैयाँका दरले तथा स्थानीय उपभोक्ताको चार लाख १९ हजार रुपैयाँको साझेदारीमा उक्त आयोजना पुनर्निर्माण गरिएको हो । 

आयोजना पुनर्निर्माणपछि धान, मकैजस्ता मौसमी बालीको मात्र खेती हुँदै आएको सो क्षेत्रमा अहिले मौसमी र बेमौसमी तरकारीसँगै नगदेबाली पनि उत्पादन हुन थालेको उपभोक्ता समिति सचिव मनकुमारी समालले बताइन् । 

‘पहिले मौसमी धान र मकैखेती मात्र गरिन्थ्यो, अहिले सिँचाइ सुविधा आएपछि बेमौसमी तरकारीको पनि व्यावसायिक खेती हुन थालेको छ’, सचिव समालले भनिन्, ‘यसबाट किसानको आर्थिक अवस्था सुधार आउने विश्वास छ ।’

स्थानीय उपभोक्ता भीमकुमारी मगर आयोजना पुनर्निर्माणसँगै अकासे पानीको भर पर्नुपर्ने बाध्यताबाट मुक्त भएको बताउछिन् । अहिले भिरगाउँका किसान तीन बालीसम्म खेती गर्न थालेका छन् । सिँचाइ सुविधा पुगेपछि अन्नबाली, नगदेबाली तथा तरकारीबाली उत्पादन वृद्धि हुने उनले बताइन् । 

कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार यस वर्ष १० हजार तीन सय ४२ हेक्टरमा धानखेती गरिएकामा ३५ हजार ३९ मेट्रिक टन धान उत्पादन भएको छ । इलाममा रन्जित, राधा४, चुल्ठेर अन्य स्थानीय जातको धानखेती गरिन्छ । 

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ११ : ५३ बजे

कांग्रेस प्रवेश गर्नेमा रास्वपाका धेरै, झन्डै ६ हजार नेता भित्रिए

काठमाडौँ- नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता

झापा-५ का धेरै मतदाताले मौन बसेरै उम्मेदवारलाई दिँदैछन् चक्मा

झापा–  उज्यालो हुन नपाउँदै झापा ५ का बस्तीहरूमा चुनावी चहलपहल

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू

काठमाडौं- कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा