राष्ट्रिय जीवन बीमा कम्पनीको साधारणसभा वैशाख ३ गते « Khabarhub

राष्ट्रिय जीवन बीमा कम्पनीको साधारणसभा वैशाख ३ गते


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जीवन बीमा कम्पनी (साबिक राष्ट्रिय बिमा संस्थान) ले वार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीले वैशाख ३ गते वार्षिक साधारणसभा साधारणसभा प्रधान कार्यालय, रामशाह पथ काठमाडौंमा अपरान्ह ४ बजे हुने भएको छ । 

कम्पनीले लाभांश भने नदिने भएको छ । कम्पनीले साधारणसभामा लाभांश सम्बन्धित कुनैपनि प्रस्ताव गरेको छैन । 

सभामा पुँजी वृद्धिको योजनालाई अनुमोदन गर्ने, आर्थिक वर्ष २०६९–७०, २०७०–७१, २०७१–७२, २०७२–७३ र २०७३–७४ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा समयानुकूल संशोधनसमेतका कार्य गर्न र गराउन सञ्चालक समितिलाई अख्तियारी दिने, आर्थिक वर्ष २०७६–७७ देखि २०७८–७९ सम्मको लेखापरीक्षण गर्न महालेखा परीक्षकको कार्यालयको परामर्शमा सञ्चालक समितिबाट नियुक्त भएका बाह्य लेखापरीक्षकद्वय सुवास पौडेल र विजय सिंह पराजुलीको नियुक्ति र निजहरुको पारिश्रमिक अनुमोदन गर्ने एजेन्डा सभाको रहेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  १२ : २९ बजे

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको

महानगर प्रहरी प्रमुख पाण्डेद्वारा राजीनामा

काठमाडौं – काठमाडौं महागनरपालिकाका प्रहरी प्रमुख, महानगर प्रहरी वरिष्ठ उपरीक्षक

चम्पादेवीमा ४३ वर्षीय पुरुष मृत फेला

ओखलढुङ्गा – ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिका–८ बिलन्दुमा ४३ वर्षीय पुरुष

कांग्रेसमा गुटगत समस्या अन्त्य भएको गगन थापाको घोषणा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले आजबाट पार्टीमा गुटगत

गगनले कांग्रेसको मान्यता खोसेपछि पूर्णबहादुरले डाके आफ्नो समूहको बैठक

काठमाडौं – निर्वाचन आयोगले शुक्रबार साँझ गगनकुमार थापा नेतृत्वको समूहलाई