तीन दिने भ्रमणका लागि मोदी श्रीलंका जाने « Khabarhub

तीन दिने भ्रमणका लागि मोदी श्रीलंका जाने


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलंकाको भ्रमण गर्ने भएका छन् । थाइल्याण्डको राजधानी बैंककमा आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको पहल (बिम्सटेक) को सम्मेलनलगत्तै प्रधानमन्त्री मोदी श्रीलंका जाने तय भएको छ ।

बैंककमा बिम्सटेकको सम्मेलन यही अप्रिल महिनाको ३ र ४ तारिखमा आयोजना हुँदैछ । भारतीय डिजिटल पत्रिका द प्रिन्टका अनुसार प्रधानमन्त्री मोदीको यो चौथो श्रीलंका भ्रमण हुनेछ । यसअघि मोदीले सन् २०१५, २०१७ र सन् २०१९ मा श्रीलंकाको भ्रमण गरेका थिए ।

यसअघि एक वा दुई दिनका लागि श्रीलंका जाने मोदीको यसपटकको भ्रमण भने तीन दिवसीय हुने जनाइएको छ । श्रीलंकाली राष्ट्रपति अनुरा कुमारा दिसानायकेको निमन्त्रणामा प्रधानमन्त्री मोदी त्यसतर्फ जान लागेका हुन् ।

 भ्रमणका क्रममा राजधानी कोलम्बोमा प्रधानमन्त्री मोदीले उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ३ : ०५ बजे

फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द

एजेन्सी– फिलिपिन्समा सोमबार ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएपछि जनरल सान्तोस

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ

नमूना युवा संसदीय अभ्यासले लोकतान्त्रिक संस्कार विकासमा टेवा पुग्छ : सभामुख यादव

महेन्द्रनगर- मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले युवापुस्तालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता

प्रधानमन्त्रीलाई वर्षमानले भने- सीमाबारे भन्न खोजेको के हो, हाउसमा जवाफ दिनुपर्छ

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले संसद् नियमित

कङ्गोमा इबोला प्रकोप तीव्र : ५१५ सङ्क्रमित, ९१ मृत्यु

किन्शासा– कङ्गो प्रजातान्त्रिक गणतन्त्रमा इबोला सङ्क्रमितको सङ्ख्या ५१५ पुगेको छ