शेयर बजारमा रौनक, २६ अंकले बढ्यो नेप्से « Khabarhub

शेयर बजारमा रौनक, २६ अंकले बढ्यो नेप्से


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पुन: रौनक फर्किएको छ । आज नेप्से २६.१० अंकले बढेर रौनक छाएको हो । सोमबार नेप्से १.१६ प्रतिशतले बढेर २६४०.७८ विन्दुमा आएको छ । 

आज बजारमा ५३ अंकको उतारचढाव देखिएको छ । नेप्से बढ्दा कारोबार भने घटेको छ । आइतबार ६ अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार हुँदा ४ अर्ब ४८ करोड ३५ लाख ९९ हजार रुपैयाँ बराबरको मात्र कारोबार भएको छ । 

यस्तै २१० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ३३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज कुनैपनि कम्पनीको शेयरमूल्य स्थिर भने रहेको छैन । 

आज १३ वटा समूह सबैमा उछाल आएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ३ : १५ बजे

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको

महानगर प्रहरी प्रमुख पाण्डेद्वारा राजीनामा

काठमाडौं – काठमाडौं महागनरपालिकाका प्रहरी प्रमुख, महानगर प्रहरी वरिष्ठ उपरीक्षक

चम्पादेवीमा ४३ वर्षीय पुरुष मृत फेला

ओखलढुङ्गा – ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिका–८ बिलन्दुमा ४३ वर्षीय पुरुष

कांग्रेसमा गुटगत समस्या अन्त्य भएको गगन थापाको घोषणा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले आजबाट पार्टीमा गुटगत