एमालेनिकट पत्रकारको चुनाव : टीकेप्रथाबाट नेतृत्व छानिँदै, मनोनयन गर्न निषेध « Khabarhub

एमालेनिकट पत्रकारको चुनाव : टीकेप्रथाबाट नेतृत्व छानिँदै, मनोनयन गर्न निषेध

नयाँ नेतृत्वको सूची भित्तामा टाँस्ने तयारी 


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

विराटनगर – सत्तारूढ नेकपा एमालेले प्रेस चौतारी नेपालको नयाँ नेतृत्व चयनमा जबर्जस्ती हस्तक्षेप गरेको छ।

अध्यक्षमा वर्तमान उपाध्यक्ष गणेश पाण्डेलाई सुनिश्चित गर्न बालुवाटारको निर्देशनमा नेताहरूले हस्तक्षेप गरेका छन् । अध्यक्षका अर्का प्रत्यासी राजेश राईलाई रोक्न अध्यक्ष मण्डलले मनोनयन पत्र नै नदिएको हो । 

उपाध्यक्ष राईले निर्वाचन माग गरिरहेका बेला एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम नेतृत्वको अध्यक्षमण्डलले मनोयन पत्र नै नदिई निर्वाचनमा जानबाट रोकेको हो । 

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशन भन्दै प्रचार विभाग प्रमुख गौतम र जनसंगठन समन्वय संम्य:न्त्रका प्रमुख भानुभक्त ढकालले नयाँ नेतृत्वमा दाबी गरिरहेका राई पक्षलाई पाखा लगाउने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरेका छन् ।

जसअनुसार सोमबार अपरान्ह ४ बजेर २० मिनेटसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने तालिका तय गरिएको छ । तर, सबैभन्दा अनौठो कुरा चाहिँ अन्तिम नामावली सार्वजनिक भएको १० मिनेट अर्थात् ४ बजेर ३० मिनेटमा अन्तिम परिणाम घोषण गर्ने भनिएको छ।

एमाले यहाँनिर चौतारीको निर्वाचन कार्यक्रममै कू गरेको छ । निर्वाचन कार्यक्रममा मतदान प्रक्रिया गायब बनाएको एमालेले अध्यक्षसहितका नयाँ नेतृत्वको सूची भित्तामा टाँस्ने तयारी गरेको छ । अहिले अध्यक्षसहित ९ जना पदाधिकारी गरि ९९ सदस्यीय केन्द्रीय कमिटीको सूचीलाई अन्तिम रूप दिइँदैछ । 

आइतबार उद्घाटनका क्रममै अधिकांश नेताहरूले कुनै हालतमा चुनावमा जान नदिने बताएका थिए । चौतारीका इन्चार्ज गौतमले त कसैले बुरुक्क उफ्रिनुको अर्थ नभएको बताउँदै कारबाहीको चेतावनी दिएका थिए ।

यता वर्तमान अध्यक्ष गणेश बस्नेतले निर्वाचनसम्म जान नदिने बताउँदै चुनावको मागसहित हस्ताक्षर गर्नेलाई अधिवेशनस्थलबाट निकाल्ने चेतावनी दिएका थिए । उनले यदि निर्वाचनमै जाने अवस्था आएमा बरु आफू आत्महत्या गर्न तयार रहेको बताएका थिए । त्यो भनाइलाई लिएर प्रतिनिधिमा तीव्र असन्तुष्टि देखिएको थियो ।

पाण्डेलाई अध्यक्ष बनाउन यसअघि एमाले प्रचार विभागमा नियुक्त भएको १० दिनमै राजीनामा गर्न लगाइएको थियो । उता उपाध्यक्ष राईले निर्वाचनमा जानै पर्ने अडान राखे पनि उनीसहितका आकांक्षीलाई मनोनयन पत्र नै नदिई  प्रतिस्पर्धामा निषेध गरिएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ३ : ५६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्