चौतारीमा उम्मेदवारी रोक्न तोकियो चर्को शुल्क : अध्यक्षको ३५ हजार, अरू पदाधिकारीको २५ हजार « Khabarhub

चौतारीमा उम्मेदवारी रोक्न तोकियो चर्को शुल्क : अध्यक्षको ३५ हजार, अरू पदाधिकारीको २५ हजार


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारूढ नेकपा एमालेको भ्रातृ संगठन प्रेस चौतारी नेपालको केन्द्रीय नेतृत्वका आकांक्षीहरूका लागि चर्को मनोनयन शुल्क तोकिएको छ । 

निर्वाचन आयोगले सूचना प्रकाशित गरेर केन्द्रीय अध्यक्षदेखि सदस्यसम्मका आकांक्षी उम्मेदवारहरूको मनोनयनका चर्को शुल्क तोकेको हो । सूचनाअनुसार अध्यक्षका लागि ३५ हजार रुपैयाँ मनोनयन शुल्क राखिएको छ । यस्तै पदाधिकारीका लागि २५ हजार र आयोग अध्यक्षका लागि १५ हजार तोकिएको छ ।  

निर्वाचन आयोगका अध्यक्ष गणेश खनालद्वारा हस्ताक्षरित सूचनामा केन्द्रीय सदस्य, आयोगका पदाधिकारी तथा आयोग सदस्यका लागि १० हजार रुपैयाँ मनोनयन शुल्क तोकिएको उल्लेख छ । 

प्रेस चौतारीको १० औँ महाधिवेशन मोरङको विराटनगरमा जारी छ ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ४ : ०८ बजे

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको

महानगर प्रहरी प्रमुख पाण्डेद्वारा राजीनामा

काठमाडौं – काठमाडौं महागनरपालिकाका प्रहरी प्रमुख, महानगर प्रहरी वरिष्ठ उपरीक्षक

चम्पादेवीमा ४३ वर्षीय पुरुष मृत फेला

ओखलढुङ्गा – ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिका–८ बिलन्दुमा ४३ वर्षीय पुरुष

कांग्रेसमा गुटगत समस्या अन्त्य भएको गगन थापाको घोषणा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले आजबाट पार्टीमा गुटगत