एक वर्षभित्र ५७ प्रतिशत नागरिकले स्वच्छ खानेपानी पिउनेछन् : मन्त्री यादव « Khabarhub

एक वर्षभित्र ५७ प्रतिशत नागरिकले स्वच्छ खानेपानी पिउनेछन् : मन्त्री यादव


१० चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खानेपानीमन्त्री प्रदीप यादवले एक वर्षभित्रमा ५७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानी पुराउने लक्ष्य लिइएको बताएका छन् ।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले खानेपानी तथा सरसफाइ उपभोक्ताहरूलाई समेत साथमा लिएर आगामी वर्षभित्र ५७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानी पुराउने लक्ष्य लिइएको बताएका हुन् ।

नागरिकलाई स्वच्छ खानेपानी दिनु सरकारको दायित्व भएकाले प्राविधिक टोली खटाएर स्वच्छ खानेपानी उपलब्ध गराइने उनले बताए ।

उनले मेलम्ची खानेपानी विस्तारमा कमजोरी नभएको भन्दै विद्युत प्राधिकरणको कमजोरीका कारण बबरमहलमा पाइप फुटेको बताए ।

त्यस्तै उनले खानेपानी तथा सरसफाइ आधारभूत आवश्यकता मात्र नभइ समग्र समाजको स्वास्थ्य, समृद्धि र विकाससँग गाँसिएको विषय भएको उल्लेख गरे ।

पानीको व्यवस्थापन, सरसफाइको र स्वास्थ्य सुरक्षा कायम राख्ने मुख्य जिम्मेवारी महिलाहरूको काँधमा रहेको उनको भनाइ छ । 

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार  ४ : १७ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष