एक वर्षभित्र ५७ प्रतिशत नागरिकले स्वच्छ खानेपानी पिउनेछन् : मन्त्री यादव « Khabarhub

एक वर्षभित्र ५७ प्रतिशत नागरिकले स्वच्छ खानेपानी पिउनेछन् : मन्त्री यादव


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खानेपानीमन्त्री प्रदीप यादवले एक वर्षभित्रमा ५७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानी पुराउने लक्ष्य लिइएको बताएका छन् ।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले खानेपानी तथा सरसफाइ उपभोक्ताहरूलाई समेत साथमा लिएर आगामी वर्षभित्र ५७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानी पुराउने लक्ष्य लिइएको बताएका हुन् ।

नागरिकलाई स्वच्छ खानेपानी दिनु सरकारको दायित्व भएकाले प्राविधिक टोली खटाएर स्वच्छ खानेपानी उपलब्ध गराइने उनले बताए ।

उनले मेलम्ची खानेपानी विस्तारमा कमजोरी नभएको भन्दै विद्युत प्राधिकरणको कमजोरीका कारण बबरमहलमा पाइप फुटेको बताए ।

त्यस्तै उनले खानेपानी तथा सरसफाइ आधारभूत आवश्यकता मात्र नभइ समग्र समाजको स्वास्थ्य, समृद्धि र विकाससँग गाँसिएको विषय भएको उल्लेख गरे ।

पानीको व्यवस्थापन, सरसफाइको र स्वास्थ्य सुरक्षा कायम राख्ने मुख्य जिम्मेवारी महिलाहरूको काँधमा रहेको उनको भनाइ छ । 

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ४ : १७ बजे

मन्दिरको दान बाढी पहिरो पीडितलाई

काठमाडौं– नेपालगन्जको कारकाँदोस्थित राधाकृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमीका अवसरमा संग्लन भएको

बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु

बाँके– भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन हुनुभएका बर्दियाका नागरिकको

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर

नैनसिंहको प्रस्ताव : देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन केही समय सारौँ

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं ‘देश र कांग्रेस जोड्ने अभियान’का

कांग्रेसका पदाधिकारीको दाबी : ‘शेखर र पूर्णबहादुर अन्तिमसम्म हाम्रोतिरै जोडिनुहुन्छ’

काठमाडौं– नेपाली कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवा र सभापति गगन थापाबीच