भारतद्वारा सुरिनामलाई १० लाख डलर बराबरको औद्योगिक सामग्री सहयोग « Khabarhub

भारतद्वारा सुरिनामलाई १० लाख डलर बराबरको औद्योगिक सामग्री सहयोग


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले दक्षिण अमेरिकी मुलुक सुरिनामलाई १० लाख डलर बराबरको औद्योगिक सामग्री सहयोग गरेको छ । प्यासन फ्रुट उद्योगको विकास गर्नका लागि भारतले सुरिनामलाई १० लाख डलर बराबरको मेसिनरी सामग्री सहयोग गरेको हो ।

यस सहयोगले दुई मुलुकबीचको विकास साझेदारी थप मजबुत बनाउने भारतीय विदेश मन्त्रालयको अपेक्षा छ । भारतीय समाचार संस्था एएनआईका अनुसार सुरिनामस्थित भारतीय राजदूतावासले सहयोग हस्तान्तरण गरिएको पुष्टि गरेको छ । 

पछिल्लो समय दुई मुलुकबीचको सम्बन्ध थप प्रगाढ बन्दै गएको एएनआईले जनाएको छ । गत नोभेम्बर महिनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अर्को दक्षिण अमेरिकी मुलुक गुएनाको राजधानी जर्जटाउनमा सुरिनामका राष्ट्रपति चन्द्रिकाप्रसाद चान सन्तोखीसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ४ : १९ बजे

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी