भारतद्वारा सुरिनामलाई १० लाख डलर बराबरको औद्योगिक सामग्री सहयोग « Khabarhub

भारतद्वारा सुरिनामलाई १० लाख डलर बराबरको औद्योगिक सामग्री सहयोग


१० चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले दक्षिण अमेरिकी मुलुक सुरिनामलाई १० लाख डलर बराबरको औद्योगिक सामग्री सहयोग गरेको छ । प्यासन फ्रुट उद्योगको विकास गर्नका लागि भारतले सुरिनामलाई १० लाख डलर बराबरको मेसिनरी सामग्री सहयोग गरेको हो ।

यस सहयोगले दुई मुलुकबीचको विकास साझेदारी थप मजबुत बनाउने भारतीय विदेश मन्त्रालयको अपेक्षा छ । भारतीय समाचार संस्था एएनआईका अनुसार सुरिनामस्थित भारतीय राजदूतावासले सहयोग हस्तान्तरण गरिएको पुष्टि गरेको छ । 

पछिल्लो समय दुई मुलुकबीचको सम्बन्ध थप प्रगाढ बन्दै गएको एएनआईले जनाएको छ । गत नोभेम्बर महिनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अर्को दक्षिण अमेरिकी मुलुक गुएनाको राजधानी जर्जटाउनमा सुरिनामका राष्ट्रपति चन्द्रिकाप्रसाद चान सन्तोखीसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार  ४ : १९ बजे

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक