अमेरिका र रुसबीच युक्रेनबारे साउदीमा वार्ता सुरु « Khabarhub

अमेरिका र रुसबीच युक्रेनबारे साउदीमा वार्ता सुरु


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एजेनसी – वासिङ्टन र किएभका प्रतिनिधिहरूबीच छलफल भएको एक दिनपछि अमेरिकी र रुसी अधिकारीहरूले युक्रेन युद्धमा आंशिक युद्धविराम गर्ने विषयमा सोमबार साउदी अरबमा वार्ता सुरु गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तीन वर्षदेखि जारी युद्धको दूुत अन्त्यका लागि जोड दिइरहेका छन् र रियादमा हुने वार्ताले सफलताका लागि मार्ग प्रशस्त गर्ने आशा व्यक्त गरेका छन् ।  

दुवै पक्षले अस्थायी युद्धविरामका लागि फरक–फरक योजना अघि सारेका छन्, तर सीमापार आक्रमण भने जारी छ ।

द्वन्द्वरत पक्षबीच प्रत्यक्ष वार्ता गर्न सहमत नभएको अवस्थामा तेस्रो पक्षको मध्यस्थतामा दुई वा  दुईभन्दा बढी पक्षबीच हुने छलफल र वार्ता (शटल डिप्लोमेसी) को माध्यमबाट सुरुमा द्वन्द्वरत पक्षका धारणा बुझ्ने र एउटा निर्णयका लागि आधार तय गरिने यो छलफल र वार्तामा अहिले अमेरिकी प्रतिनिधि र रूसी प्रतिनिधिबीच कुराकानी भइरहेको रुसको समाचार एजेन्सी तासले जनाएको छ । 

रक्षामन्त्री रुस्तम उमरोभको नेतृत्वमा रहेको युक्रेनी टोली र अमेरिकी सेनाबीच आइतबार अबेर राति भेटवार्ता सम्पन्न भएको थियो ।

‘हामीले ऊर्जालगायत महत्वपूर्ण बुँदालाई सम्बोधन गर्‍यौँ,’ छलफल एजेन्डामा केन्द्रित भएको र फलदायी भएको उमरोभले सामाजिक सञ्जालमा उल्लेख गरे। ‘युक्रेनले ‘न्यायोचित र दिगो शान्ति’ को आफ्नो लक्ष्यलाई वास्तविकतामा परिणत गर्न काम गरिरहेको छ।’

ट्रम्पका दूत स्टिभ विटकोफले कुनै पनि सम्झौताले पूर्ण युद्धविरामका लागि मार्ग प्रशस्त गर्ने बताउँदै फक्स न्यूजसँग भने, ‘मलाई लाग्छ सुरुमा विशेष गरी दुई देशबीच ‘ब्ल्याक सी’ भएर आवतजावत गर्ने मालबाहक जहाजबारे छलफल हुनेछ त्यसपछि स्वाभाविक रूपमा वार्ता पूर्ण युद्धविरामतर्फ  आकर्षित हुनेछ । तपाईं सोमबार साउदी अरबमा केही वास्तविक प्रगति देख्नुहुनेछ ।’

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ४ : ३१ बजे

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ