‘संविधानविरुद्ध कुनैपनि गतिविधि सह्य हुदैन’ « Khabarhub

‘संविधानविरुद्ध कुनैपनि गतिविधि सह्य हुदैन’


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संविधानसभा परिषद् नेपालले संविधानकाविरुद्ध हुने कुनैपनि गतिविधि सह्य नहुने जनाएको छ ।  

सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै संविधानसभा परिषद् नेपालले संविधानको संरक्षण संवर्द्धन र विकास गर्न प्रतिबद्ध रहने दृढ सङ्कल्प रहेको भन्दै संविधानका विरुद्ध हुने कुनै पनि गतिविधि सह्य नहुने जनाएको हो ।

नेपाली जनताको संघर्ष र बलिदानबाट बनेको संविधानसभाबाट निर्मित संविधानको रक्षाका लागि सबै राजनीतिक दल, नागरिक समाज र बुद्धिजीवी एकजुट हुन आवश्यक रहेको संविधानसभा परिषद् नेपालले उल्लेख गरेको छ ।

त्यस्तै भ्रष्टाचार नियन्त्रण, कानूनी शासन र सुशासनको प्रत्याभूति गर्दै नेपाली जनतालाई आश्वस्त र विश्वस्त बनाउने कार्यमा दलहरू जिम्मेवार बन्न जरुरी रहेको संस्थाको निष्कर्ष रहेको संविधानसभा परिषद् नेपालकी सह–अध्यक्ष कल्पना धमलाले बताइन् । 

उनले जनताको अपेक्षा अनुसार सबै पक्षसँग बृहत् छलफल गरी संविधानमा रहेका कमीकमजोरीलाई हटाई आवश्यकता अनुसार संविधान संशोधन गर्नुपर्ने धारणा राखिन् ।

त्यस्तै पछिल्लो समय केही समूहद्वारा संविधानको भावना विपरीत गतिविधि गरिरहेको भन्दै घोर भर्त्सना गरिएको उनले बताइन् । संवैधानिक व्यवस्थामाथिको हमलाविरुद्ध सबै एकजुट हुनुपर्ने उनको भनाइ छ । 

त्यस्तै संविधानसभा परिषद् नेपालका अध्यक्ष अनन्त पौडेलले संविधानमा देखिएका समस्या समाधान गर्ने व्यवस्था संविधानमा नै रहेको भन्दै संविधानविपरितको कुनै पनि गतिविधि स्वीकार्य नहुने जिकिर गरे । अहिलेको परिस्थितिप्रति दलहरू गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

संविधानसभा परिषद् नेपालले नेपाली जनताको अभिमतबाट स्थापित भएको लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्न पनि अपिल गरेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ४ : ४५ बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग