‘संविधानविरुद्ध कुनैपनि गतिविधि सह्य हुदैन’ « Khabarhub

‘संविधानविरुद्ध कुनैपनि गतिविधि सह्य हुदैन’


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संविधानसभा परिषद् नेपालले संविधानकाविरुद्ध हुने कुनैपनि गतिविधि सह्य नहुने जनाएको छ ।  

सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै संविधानसभा परिषद् नेपालले संविधानको संरक्षण संवर्द्धन र विकास गर्न प्रतिबद्ध रहने दृढ सङ्कल्प रहेको भन्दै संविधानका विरुद्ध हुने कुनै पनि गतिविधि सह्य नहुने जनाएको हो ।

नेपाली जनताको संघर्ष र बलिदानबाट बनेको संविधानसभाबाट निर्मित संविधानको रक्षाका लागि सबै राजनीतिक दल, नागरिक समाज र बुद्धिजीवी एकजुट हुन आवश्यक रहेको संविधानसभा परिषद् नेपालले उल्लेख गरेको छ ।

त्यस्तै भ्रष्टाचार नियन्त्रण, कानूनी शासन र सुशासनको प्रत्याभूति गर्दै नेपाली जनतालाई आश्वस्त र विश्वस्त बनाउने कार्यमा दलहरू जिम्मेवार बन्न जरुरी रहेको संस्थाको निष्कर्ष रहेको संविधानसभा परिषद् नेपालकी सह–अध्यक्ष कल्पना धमलाले बताइन् । 

उनले जनताको अपेक्षा अनुसार सबै पक्षसँग बृहत् छलफल गरी संविधानमा रहेका कमीकमजोरीलाई हटाई आवश्यकता अनुसार संविधान संशोधन गर्नुपर्ने धारणा राखिन् ।

त्यस्तै पछिल्लो समय केही समूहद्वारा संविधानको भावना विपरीत गतिविधि गरिरहेको भन्दै घोर भर्त्सना गरिएको उनले बताइन् । संवैधानिक व्यवस्थामाथिको हमलाविरुद्ध सबै एकजुट हुनुपर्ने उनको भनाइ छ । 

त्यस्तै संविधानसभा परिषद् नेपालका अध्यक्ष अनन्त पौडेलले संविधानमा देखिएका समस्या समाधान गर्ने व्यवस्था संविधानमा नै रहेको भन्दै संविधानविपरितको कुनै पनि गतिविधि स्वीकार्य नहुने जिकिर गरे । अहिलेको परिस्थितिप्रति दलहरू गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

संविधानसभा परिषद् नेपालले नेपाली जनताको अभिमतबाट स्थापित भएको लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्न पनि अपिल गरेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ४ : ४५ बजे

दसैँमा करिब १० लाख सर्वसाधारण गाउँघर फर्किँदै छन्

काठमाडौं– दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड बढिसकेको

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ

दक्षिण कोरियाले भन्यो- हाइपरसोनिक क्षेप्यास्त्रमा तापप्रतिरोधी प्रविधि प्रयोग गरिएको छ

सियोल – दक्षिण कोरियाली सेनाले आफ्नो स्वदेशी हाइपरसोनिक क्षेप्यास्त्र परीक्षणबारे उत्तर कोरियाले

आलोचनापछि मृत्युदण्डको प्रत्यक्ष प्रसारण गर्ने योजना रोके ट्रम्पले

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य आधारमा गोली हानेर मृत्युदण्ड

नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

काठमाडौं– नबिल बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई थप सहज