अर्थतन्त्र गतिशील बनाउन सबैले आ-आफ्नो ठाउँबाट आवश्यक भूमिका निर्वाह गर्नुपर्छ : देउवा  « Khabarhub

अर्थतन्त्र गतिशील बनाउन सबैले आ-आफ्नो ठाउँबाट आवश्यक भूमिका निर्वाह गर्नुपर्छ : देउवा 


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अर्थतन्त्रलाई गतिशील बनाउन सबैले आ–आफ्नो ठाउँबाट आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।  

सोमबार सानेपामा कांग्रेस आबद्ध निर्माण व्यवसायीहरूको राष्ट्रिय भेला उद्घाटन गर्दै सभापति देउवाले कांग्रेसको नेतृत्वमा संविधानसभामार्फत संविधान निर्माण भई संघीयतासहितको गणतान्त्रिक व्यवस्था कायम भएपनि आर्थिक समृद्धिको मार्गमा सोचेजस्तो सफलता प्राप्त गर्न नसकेकाले अर्थतन्त्रलाई गतिशील बनाउन सबैले आ–आफ्नो ठाउँबाट आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् । 

निर्माण व्यवसायीको योगदान बिना भौतिक पूर्वाधारको विकास सम्भव नरहेको उनले बताए । 

विश्व अर्थतन्त्रमा समेत समस्या आएको अवस्थामा २५ लाख भन्दा बढिलाई रोजगारी दिने निर्माण व्यवसायी क्षेत्रलाई समृद्ध बनाउन निर्माण व्यवसायीसम्बन्धी कानुन आवश्यक रहेको उनले बताए । 

यसका लागि आफूले पहल गर्ने उनले प्रतिबद्धता जनाए । सभापति देउवाले भुक्तानी समस्या, निर्माण सामाग्रीमा भइरहेको मूल्यवृद्धि नियन्त्रण र सहज रूपमा निर्माण व्यवसायको काम गर्नका लागि पनि आफ्नो ध्यानाकर्षण भएको बताए ।

उनले निर्माण व्यवसायलाई थप प्रविधिमैत्री बनाउँदै तोकिएको समयमा नै आयोजनाहरू सम्पन्न गर्न निर्माण व्यवसायीका साथै सरकारले पनि सहकार्यलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ५ : ०५ बजे

मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि

गोरखा– गोरखाको आरुघाटमा गाउँपालिकास्थित आरुघाट आधारभूत अस्पतालमा सञ्चालित मोतीविन्दुको निःशुल्क शल्यक्रिया

फेरि चर्कियो इरान-इजरायल युद्ध, तेहरान र जेरूसेलम दुवैतिर विस्फोटका ठूला आवाज

तेहरान- इरान र इजरायलबीच फेरि युद्ध चर्किएको छ। इरानले गयराति

माडीमा प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक

चितवन– यहाँस्थित माडी नगरपालिकाले नगरपालिकाभित्र प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक लगाएको छ

इरान–इजरायल तनाव फेरि चुलियो, युद्धविरामपछि पहिलो क्षेप्यास्त्र आक्रमण

तेहरान– अप्रिलको सुरुवातमा लागू भएको युद्धविरामपछि इरानले पहिलो पटक इजरायलतर्फ

रास्वपा जिल्ला अधिवेशन : छपन्न जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५६ जिल्लामा अधिवेशन सम्पन्न गरेको