अर्थतन्त्र गतिशील बनाउन सबैले आ-आफ्नो ठाउँबाट आवश्यक भूमिका निर्वाह गर्नुपर्छ : देउवा  « Khabarhub

अर्थतन्त्र गतिशील बनाउन सबैले आ-आफ्नो ठाउँबाट आवश्यक भूमिका निर्वाह गर्नुपर्छ : देउवा 


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अर्थतन्त्रलाई गतिशील बनाउन सबैले आ–आफ्नो ठाउँबाट आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।  

सोमबार सानेपामा कांग्रेस आबद्ध निर्माण व्यवसायीहरूको राष्ट्रिय भेला उद्घाटन गर्दै सभापति देउवाले कांग्रेसको नेतृत्वमा संविधानसभामार्फत संविधान निर्माण भई संघीयतासहितको गणतान्त्रिक व्यवस्था कायम भएपनि आर्थिक समृद्धिको मार्गमा सोचेजस्तो सफलता प्राप्त गर्न नसकेकाले अर्थतन्त्रलाई गतिशील बनाउन सबैले आ–आफ्नो ठाउँबाट आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् । 

निर्माण व्यवसायीको योगदान बिना भौतिक पूर्वाधारको विकास सम्भव नरहेको उनले बताए । 

विश्व अर्थतन्त्रमा समेत समस्या आएको अवस्थामा २५ लाख भन्दा बढिलाई रोजगारी दिने निर्माण व्यवसायी क्षेत्रलाई समृद्ध बनाउन निर्माण व्यवसायीसम्बन्धी कानुन आवश्यक रहेको उनले बताए । 

यसका लागि आफूले पहल गर्ने उनले प्रतिबद्धता जनाए । सभापति देउवाले भुक्तानी समस्या, निर्माण सामाग्रीमा भइरहेको मूल्यवृद्धि नियन्त्रण र सहज रूपमा निर्माण व्यवसायको काम गर्नका लागि पनि आफ्नो ध्यानाकर्षण भएको बताए ।

उनले निर्माण व्यवसायलाई थप प्रविधिमैत्री बनाउँदै तोकिएको समयमा नै आयोजनाहरू सम्पन्न गर्न निर्माण व्यवसायीका साथै सरकारले पनि सहकार्यलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ५ : ०५ बजे

जेन-जी जनविद्रोह तुहाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ऐतिहासिक

राप्रपा र राप्रपा नेपालबीच एकता

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा