टीआरसीमाथि छलफल गर्न शीर्ष नेताहरू सिंहदरबारमा  « Khabarhub

टीआरसीमाथि छलफल गर्न शीर्ष नेताहरू सिंहदरबारमा 


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्क्रमणकालीन न्याय (टीआरसी) सँग सम्बन्धित विषयमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ।

 सत्ता साझेदार दुई दल नेपाली कांग्रेस, नेकपा एमाले र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबीच सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल हुन लागेको हो । 

प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफलका लागि सत्ता साझेदार कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंहदरबार पुगेका छन् । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छलफलमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयसँगै समसामयिक राजनीतिक विषयमा पनि कुराकानी हुन सक्ने अनुमान गरिएको छ ।

शीर्ष नेताहरूको बैठकमा सत्तारुढ एमालेका तर्फबाट प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल, कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, माओवादीका तर्फबाट शक्ति बस्नेत र खिमलाल देवकोटा पनि सहभागी छन् ।

सत्ता साझेदार दलका नेतृत्वसँगको छलफलअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका थिए ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ४ : ५० बजे

नचिनेको नम्बरबाट आएको फोनमा विवाद हुँदा पाटनमा दुई युवकको ज्यान गयो

ललितपुर– ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहार गरी दुई

‘कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छ’

धनुषा – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील

एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

जुम्ला – जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको

निरन्तर ओरालो लाग्दै डलर : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख