तीन नेताको भेटपछि मन्त्रिपरिषद् बैठक « Khabarhub

तीन नेताको भेटपछि मन्त्रिपरिषद् बैठक


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मन्त्रिपरिषद् बैठक ६ बजेका लागि सारिएको छ । आज तीन दलका शीर्ष नेताको भेटवार्ता भएपछि ५ बजेका लागि बोलाइएको बैठक ६ बजेका लागि सरेको हो । 

आजको बैठक नियमित बैठक हो । सङ्क्रमणकालीन न्याय टीआरसी सँग सम्बन्धित विषयमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरू अहिले सिंहदरबारमा छन् । यसबारे पनि मन्त्रिपरिषद् बैठकमा छलफल हुन सक्ने बताइएको छ । 

सत्ता साझेदार दुई दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल गरिरहेका छन् । 

यो बैठक सकेर लगत्तै प्रधानमन्त्री ओली मन्त्रिपरिषद् बैठकमा सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले खबरहबलाई बताएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ५ : ११ बजे

एसियाली खेलकुदमा नेपाली खेलाडीले बनाए निराश, कराँते र उसूका सबैजसो खेलाडी पराजित

नागोया- जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा आइतबार नेपालका पदकका

उमेर र तौलको ट्रोलिङमा सलमानको जवाफ : कपडा फुकाल्दै भने- ‘कर लो ट्रोलिङ’

काठमाडौं– बलिउड अभिनेता सलमान खान आफ्नो उमेर, तौल, रूप र

दोलखा कांग्रेसको वडा अधिवेशन : ६० वडामा सम्पन्न, १४ वडाको नतिजा आउन बाँकी

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौवटा स्थानीय तहका ७४

केही नेताले शेरबहादुर दाइलाई अल्मल्याए : महालक्ष्मी उपाध्याय ‘डिना’

काठमाडौं- पूर्वसभापति शेरबहादुर देउवाको साथ छोडेर केही दिनअघि नेपाली कांग्रेसको

अमेरिका-इरान तनाव फेरि बढ्दै, भ्रमण छोट्याएर ह्वाइट हाउस फर्किए ट्रम्प, नागरिकलाई सतर्क रहन आग्रह

वासिङ्टन- मध्यपूर्वमा अमेरिका र इरानबीच फेरि तनाव बढेको देखिएको छ।