प्रधानमन्त्री कप क्रिकेट : बागमतीद्वारा कर्णाली पराजित « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : बागमतीद्वारा कर्णाली पराजित


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ ।  

दाङ लमहीको देउखुरी क्रिकेट मैदानमा सोमबार भएको खेलमा बागमतीले कर्णालीलाई ९ विकेटले‌ पराजित गरेको हो ।

कर्णाली प्रदेशले दिएको  ५९ रनको लक्ष्य बागमतीले ६.३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो । त्यसअघि टस जितेर ब्याटिङ गरेको कर्णालीले १९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ५८ रन मात्र बनायो ।  दुवै टोली फाइनल दौडबाट बाहिरिइसकेका छन् ।

त्यस्तै प्रतियोगिता अन्तर्गत रुपन्देहीको एक्स्ट्रा टेक ओभल स्टेडियममा भएको खेलमा लुम्बिनी प्रदेशलाई ७ विकेटले हराउँदै एपिएफले फाइनलमा पुग्ने सम्भावनालाई कायमै राखेको छ । 

जितको लागि २ सय २४ रनको लक्ष्य पछ्याएको एपिएफले ४१  दशमलव ५ओभरमा ३ विकेटको नोक्सानीमा लक्ष्य पूरा गर्‍यो । त्यसअघि  टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २३ रन बनाएको थियो ।

त्यस्तै रुपन्देहीको सिद्धार्थ रंगशालामा गण्डकी प्रदेश र मधेश प्रदेशबीचको खेल टाइ भएको छ । जितको लागि २ सय ४७ रनको लक्ष्य पछ्याएको गण्डकी १ बल बाकी छँदा अल आउट हुँदै २ सय ४६ रन समेटियो । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ५० ओभरमा ७ विकेटको नोक्सानीमा २ सय ४६ रनको योगफल खडा गर्‍यो । खेल टाइ भएपछि सुपर ओभर खेलाइएको थियो । सुपर ओभरमा गण्डकी प्रदेशले मधेश प्रदेशलाई पराजित गर्‍यो । 

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ५ : ५९ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको