तीन जिल्ला समेटेर बुद्ध सर्किट बनाउन लुम्बिनीका मुख्यमन्त्रीलाई सांसद चौधरीको सुझाव « Khabarhub

तीन जिल्ला समेटेर बुद्ध सर्किट बनाउन लुम्बिनीका मुख्यमन्त्रीलाई सांसद चौधरीको सुझाव


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

दाङ– उद्योगपति एवं नेपाली कांग्रेसका नेता विनोद चौधरीले लुम्बिनी प्रदेश सरकारलाई प्रदेशको प्राथमिकीरण गरेर काम गर्न सुझाव दिएका छन् । 

आज प्रदेश राजधानी देउखुरीमा मुख्यमन्त्री चेतनारायण आचार्यसँगको अन्तरक्रियामा प्रदेशको सम्भावना र आवश्यकता हेरेर विकासका कामको प्राथमिकीकरण गर्न सुझाव दिएका हुन् । 

पश्चिम नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित उद्योगपति एवं कांग्रेस नेता चौधरीले भने, ‘अबको बजेट निर्माण गर्दा प्रदेश सरकारले स्वरोजगार प्रवर्द्धन, स्वास्थ्य सेवा सुधार, सामाजिक सेवा, पूर्वाधार निर्माण तथा लुम्बिनीको पर्यटन विकासलाई प्राथमिकता दिने गरी योजना बनाउँदा राम्रो हुन्छ । ‘

उनले लुम्बिनी प्रदेश पर्यटकीय हिसाबले अत्यन्तै महत्वपूर्ण क्षेत्र भएकाले प्रदेश सरकारले यसको आन्तरिक र बाह्य प्रचारलाई व्यापक बनाउनुपर्ने बताए । उनले भने, मुख्यत यहाँको प्रचुर सम्भावना भनेको पर्यटन क्षेत्र हो ।

 भगवान गौतम बुद्धको जन्मस्थल भएकाले विश्वभरका बौद्ध धर्मावलम्बीहरूलाई लुम्बिनी ल्याउने योजना बनाउन सकिन्छ । साथै बौद्ध सर्किट निर्माण गरेर यो प्रदेशकै पर्यटन विकासमा काम गर्न सके यहाँ रोजगारीका साथै आर्थिक रुपमा चलायमान बनाउन सकिन्छ । योजनामा कार्यक्रम राख्ने तर कार्यान्वयनका लागि स्ष्ट दृष्टिकोणको अभाव आफूले देखेको सांसद चौधरीको भनाई थियो । 

सांसद चौधरीले बुद्ध सर्किट निर्माण गर्न सके कपिलवस्तु, रूपन्देही र नवलपरासीको पर्यटन प्रवर्द्धनका साथै आर्थिक गतिविधि पनि व्यापक हुने बताए । 

मुख्यमन्त्री आचार्यले बुद्ध सर्किटलाई आपसमा जोड्न मोनोरेल सञ्चालन गर्ने प्रदेश सरकारको योजना रहेको बताए । उनले कपिलवस्तु, रूपन्देही र नवलपरासीलाई बुद्ध सर्किटमार्फत जोड्न मोनोरेल सञ्चालन गर्न सकिने आधार रहेको बताए । प्रदेश सरकारको एकल प्रयासले मात्रै विकास सम्भव नरहेकाले आफू निजी क्षेत्रसँग सहकार्य र साझेदारी गरेर अगाडि बढ्ने मुख्यमन्त्रीको भनाई थियो ।

 उनले भने, प्रदेश सरकारले मोनोरेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्दैछ । यसमा  लगानीका लागि निजी क्षेत्रलाई आकर्षित गर्ने हाम्रो योजना छ । बुद्ध सर्किटको योजना प्रदेश सरकारले बनाएको छ । अब यहाँ मोनोरेल चलाउन सकिन्छ ।

मुख्यमन्त्री आचार्यले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई ब्रान्डिङ गर्ने तथा विश्वभरका बौद्ध धर्मावलम्बीहरूको पहिलो गन्तव्य स्थलका रूपमा विकास गर्न प्रदेश सरकारले पहल गरिरहेको बताए । नेपाल पर्यटन बोर्डमार्फत लुम्बिनीको समग्र विकासलाई जोडेर व्यापक योजना निर्माण गरिने पनि उनको भनाई थियो । 

सांसद चौधरीले पश्चिम नवलपरासीको विकासका कामका बारेमा मुख्यमन्त्रीलाई लिखित ज्ञापनपत्र बुझाएका थिए । उनले आफ्नो निर्वाचन क्षेत्रमा भइरहेका विकास निर्माणका कामसँगै आगामी बजेटमा समेट्नुपर्ने कार्यक्रमका बारेमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ५ : ३२ बजे

बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध

बैतडी– बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा