फ्रान्ससँगको सम्बन्ध प्रगाढ बनाउन खोजिएको चीनको भनाइ « Khabarhub

फ्रान्ससँगको सम्बन्ध प्रगाढ बनाउन खोजिएको चीनको भनाइ


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – फ्रान्सका विदेशमन्त्रीको आसन्न भ्रमणले ‘अशान्ति र रूपान्तरण’ को सामना गरिरहेको विश्वमा दुई देशबीच सहयोग प्रगाढ हुने आशा चीनले सोमबार व्यक्त गरेको छ । 

फ्रान्स र चीनले हालैका वर्षहरूमा सम्बन्धलाई बलियो बनाउन खोजेका छन्, तर पेरिसले युक्रेनको आक्रमणपछि बलियो भएको देखिएको बैइजिङ र मस्कोबीचको सम्बन्धलाई प्रगाढ नबनाउन बेइजिङलाई दबाब दिएको छ।

फ्रान्सका विदेशमन्त्री ज्याँ नोएल बारोटले आगामी बिहीबार र शुक्रबार चीनको राजधानी बेइजिङ र आर्थिक महाशक्ति साङ्घाईको भ्रमण गर्नेछन्। 

विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले भने, ‘वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति अस्थिर र जटिल बन्दै गएको छ, अस्थिरता र अनिश्चिततामा उल्लेखनीय वृद्धि भएको छ।’

 बेइजिङले फ्रान्सका विदेशमन्त्रीको यो भ्रमणलाई ‘राजनीतिक पारस्परिक विश्वास लाई मजबुत बनाउन’ प्रयोग गर्ने उनले बताए। 

जनवरीमा ह्वाइट हाउसमा फर्केका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति लक्षित गर्दै उनले भने, ‘उनीहरूले संयुक्त रूपमा एकपक्षीयता र अराजक कानूनको पुनरुत्थानको विरोध गर्नेछन्।’

गत वर्ष पेरिसमा राष्ट्रपति इमानुएल माक्रोँसँग भएको भेटमा म्याक्रोँले चीनको ‘स्वतन्त्र’ अडानको सराहना गरेको वाङले बताएका थिए ।  

चीनले युक्रेन द्वन्द्वमा आफू तटस्थ पार्टी भएको बताउँदै आएको छ । चीनले युक्रेन युद्धको कहिल्यै निन्दा वा समर्थन केही गरेको छैन ।
 

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ५ : ३७ बजे

नचिनेको नम्बरबाट आएको फोनमा विवाद हुँदा पाटनमा दुई युवकको ज्यान गयो

ललितपुर– ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहार गरी दुई

‘कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छ’

धनुषा – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील

एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

जुम्ला – जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको

निरन्तर ओरालो लाग्दै डलर : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख