निफ : उत्कृष्ट नायक आरके मेहेता, नायिका अञ्जना « Khabarhub

निफ : उत्कृष्ट नायक आरके मेहेता, नायिका अञ्जना


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आठौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा नायकको अवार्ड आरके मेहेता र उत्कृष्ट नायिका अवार्ड अञ्जना बराइलीले जितेका हुन् ।

निफको समापन कार्यक्रममा सोमबार उनीहरुलाई अवार्ड र प्रमाणपत्र प्रदान गरिएको हो । मेहेताले फिल्म ‘आँखा’ र अञ्जनाले फिल्म ‘पुजार सार्की’बाट उक्त अवार्ड जितेका हुन् ।

त्यस्तै, यो वर्षको उत्कृष्ट फिल्मको अवार्ड भने फिल्म आँखाले नै जितेको छ । यस फिल्मलाई पुरस्कार स्वरुप एक लाख नगद, अवार्ड र प्रमापत्र प्रदान गरिएको छ । उत्कृष्ट निर्देशकको अवार्ड फिल्म ‘पुजार सार्की’बाट दिनेश राउतले जितेका छन् ।

त्यस्तै, उत्कृष्ट न्यारेटिभ फिचर फिल्मको अवार्ड भने मिन भाम निर्देशित फिल्म ‘साम्बाला’ले जिते । यो फिल्मलाई दुई अमेरिकी डलर, प्रमाण पत्र र ट्रफीले सम्मान गरिएको थियो ।

निफमा उत्कृष्ट एआई फिल्म भने ‘दि अवेस’ घोषणा भएको छ । यो अर्जेन्टिनी फिल्मका निर्देशक एन्ड्रेस अलोइ हुन् ।

त्यस्तै, राष्ट्रिय सर्ट फिल्मतर्फ निसान खत्री उत्कृष्ट निर्देशक घोषित भएका छन् । उनले सर्ट फिल्म ‘ए विटनेस फ्रम नेपाल’बाट आवार्ड जितेका हुन् ।

उत्कृष्ट राष्ट्रिय सर्ट फिल्मको अवार्ड निराञ्जनराज भेटवालको निर्देशन रहेको ‘‍द विटनेस ट्री’ले जितेको छ । यस सर्ट फिल्मलाई ५० हजार नगद, अवार्ड र प्रमाण पत्रले सम्मान गरिएको थियो ।

निफको समानपन कार्यक्रममा वरिष्ठ अभिनेतृ मिथिला शर्मा, चैत्य देवी सिंह, नायिका करिश्मा मानन्धर, नायक निखिल उप्रेती, कलाकार दीपकराज गिरी, निर्मल शर्मालगायत उपस्थित थिए ।

कार्यक्रमका प्रमुख अथिति सञ्चारमन्त्री पृथ्वी सुब्बा थिए ।

चैत ७ गतेबाट सुरु भएको निफका लागि ४० देशका ८७ वटा फिल्म छनोट गरिएको थियो । निफका अध्यक्ष केपी पाठकका अनुसार ७० देशका ६ सयभन्दा बढी फिल्मले सहभागिता जनाउन आवेदन दिएका थिए ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ७ : ०९ बजे

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा