राजेश राईले चौतारीको महाधिवेशन हल छोड्दा प्रतिनिधिहरूको रूवाबासी « Khabarhub

राजेश राईले चौतारीको महाधिवेशन हल छोड्दा प्रतिनिधिहरूको रूवाबासी


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.4k
Shares
  • change font
  • change font
  • change font

विराटनगर – प्रेस चौतारी नेपालको अध्यक्षमा प्रतिस्पर्धा गर्न निषेध गरिएपछि निवर्तमान उपाध्यक्ष राजेश राई ३८ मिनेट लामो सम्बोधनपछि बिदा भएका छन् ।

प्रतिनिधिहरूको उल्लेख्य समर्थन भएपनि एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले हस्तक्षेप गरेर मनोनयन नै गर्न नदिएपछि राईले अध्यक्षमण्डलको मञ्चमा पुगेर लामो सम्बोधन गरे । उनले पटक पटक आफूहरूमाथि गरिने प्रश्न अब यही अन्तिम हुनुपर्ने पनि उल्लेख गरे ।

प्रतिस्पर्धामा जान खोज्दा प्रहार गरिएको बताउँदै एमाले र प्रेस चौतारीमाथि होइन, आधनरभूमिमा हेर्ने वातावरण बनाउनुपर्ने बताए ।

‘एमाले र प्रेस चौतारीमा राजेश राईहरूमाथिको प्रश्न अन्तिम होस्’ उनले भने, ‘हरेक सदस्यले जित्दै गर्दा अब माथितिर होइन, आधारतिर फर्किने दिन आउने छ । माथि धाउँदा होइन, जनताको बीचमा जाँदा पार्टी र संगठन बलियो हुने छ ।’

उनले लामो सम्बोधन गरेर विराटनगरको वरगाँछीस्थित मनास्लु इन होटलस्थित महाधिवेशनस्थल छोड्दा प्रतिनिधिबीच रूवाबासी चल्यो ।

प्रतिनिधिहरूले राईलाई अंकमाल गर्दै पार्टीले प्रतस्पर्धामा जान नदिएर कू गरेको भन्दै आक्रोश पोखेका थिए । महाधिवेशनस्थल परिसरमा रूवाबासी चल्दा राजेशले यसलाई अन्तिम हार वा सम्भावना सकिएको रूपमा नबुझ्न आग्रह गरे ।

राजेशलाई प्रतिस्पर्धामा निषेध गरिएपछि अब एमालेले अर्का उपाध्यक्ष गणेश पाण्डेलाई टीका लगाएर अध्यक्ष घोषणा गर्दैछ । एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल नेतृत्वमा अध्यक्षमण्डलले उम्मेदवारी सूचीसमेत प्रकाशित गरेन ।

उपाध्यक्ष पाण्डेलाई एमालेले प्रचार विभाग सचिव बनाएको थियो । तर, १० दिनमै प्रचार विभागबाट राजीनामा दिएका पाण्डेलाई फेरि ओलीले प्रेस चौतारीको अध्यक्षमा अघि सारेका थिए । बालुवाटारको उक्त निर्णय काठमाडौंमै बाहिरिएपछि धेरै प्रतिनिधि महाधिवेशनमा सहभागी हुन पनि आएनन् ।

अपरान्ह ४।२० बजेलाई उम्मेदवारको सूची निकाल्ने समय तोकिएको थियो । तर सूची पनि प्रकाशित नगरी साढे ४ बजे परिणाम घोषणा गरिने कार्यतालिका बनाइएको थियो ।

अध्यक्षमण्डलले चुनावी प्रतिस्पर्धामा जान प्रतिबन्ध लगाएपछि उपाध्यक्ष राईलाई आफ्ना कुरा राख्न भनिएको थियोे । उनले राखेका कुराको प्रेस चौतारीका इन्चार्ज राजेन्द्र गौतम खण्डनमासमेत उत्रिए ।

अधिकांश प्रतिनिधि निर्वाचनको पक्षमा हुँदा पनि आइतबार उद्घाटनका क्रममा गौतमले दुई बित्ता बुरूक्क नउफ्रिन पनि चेतावनी दिएका थिए। लोकतान्त्रिक अभ्यासमा प्रतिबन्ध गरिएपछि प्रतिनिधिहरूले एमालेले पत्रकारलाई समेत टीके प्रथाका लागि बाध्य पारेको भन्दै आलोचना गरिरहेका छन् ।

चुनावी प्रतिस्पर्धालाई निषेध गरेर आफूले चाहेको नेतृत्व ल्याउने अध्यक्ष केपी शर्मा ओली र उनीनिकट नेताहरूको योजना भने सफल भएको छ । एमालेले २३ वटै जनवर्गीय संगठनमा अध्यक्ष ओलीको नीतिअनुसार निर्वाचन नगरी नेतृत्व चयन गर्ने योजना बनाएको छ ।

एमाले जनसंगठन समन्वय संयन्त्र इन्चार्ज भानुभक्त ढकालले आइतबार नै कुनै पनि जनवर्गीय संगठनले आफूखुसी गर्न नपाउने बताउँदै निर्वाचनमा पुग्ने अवस्था आउन नदिन हस्तक्षेप गर्ने बताए ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ८ : २० बजे

भारतीय समकक्षी जयशंकरद्वारा खनाललाई बधाई, सहकार्य सुदृढ बनाउने अपेक्षा

काठमाडौं– भारतका विदेशमन्त्री एस. जयशंकरले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई

नवनियुक्त प्रधानमन्त्री शाहलाई अमेरिकाको बधाई

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राज्य अमेरिकाले बधाई दिएको

वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्दै महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने

मुस्ताङ एयरको सम्पर्कविहीन हेलिकप्टर सकुशल अवतरण

काठमाडौं- दोलखाको लाप्चा क्षेत्रबाट शुक्रबार सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर

श्रममन्त्रीको पहिलो निर्णय- नेपालमै रोजगारी सिर्जना गरेर युवालाई पलायन रोक्छु 

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले नेपालमा नै