ज्ञानेन्द्र शाहीको आरोप : कुलमानसँग प्रचण्डले टीआरसी साटे « Khabarhub

ज्ञानेन्द्र शाहीको आरोप : कुलमानसँग प्रचण्डले टीआरसी साटे


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


786
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक एवं सांसद ज्ञानेन्द्र शाहीले सरकारले कुलमान घिसिङलाई हटाएर माओवादीलाई उन्मुक्ति दिने खेल गरेको आरोप लगाएका छन्।

सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै सांसद शाहीले तीन शीर्ष नेताहरूबीच सिंहदरबारमा भएको गोप्य बैठकमा यस्तो सहमति भएको दाबी गरेका हुन्।

उनले सामाजिक सञ्जालमार्फत ब्यंग्य गर्दै भनेका छन, ‘कमरेड प्रचण्ड सार्है नै बाठो छ्न्, टीआरसीसगँ कुलमान पो साटेछन’

उनी अगाडी लेख्छन्, ‘आज सिंहदरबारमा बसेको तीन शीर्ष नेताले गोप्य बैठकमा के गरे भनेको त कुलमान घिसिङ्लाई हटाउने र गैरन्यायिक रूपमा हत्या गरिएका र मानव अधिकारको गम्भीर उल्लङ्घन गरिएका घटनामा माओवादीलाई सरकारले पक्राउ नगर्ने, मुद्दा नचलाउने टिआरसी विधेक हुँबहु पास गराउने सहमती पो भएछ। बधाई छ, कमरेड प्रचण्ड ।’

मन्त्रीपरिषद बैठक अघि प्रचण्डसहित प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत शिर्ष ७ जनाको बैठक बसेको थियो । जसले संक्रमणकालिन न्याय सबन्धी बिबाद टुंग्याउनका लागि ‘सर्च कमिटी’ बनाउने सहमति गर्दै नयाँ सिफारिस समिति तत्काल बनाएर प्रकिया अघि बढाउने निर्णय गरेको थियो ।

सो बैठक लगत्तै बसेको मन्त्रिपरिषद बैठकले कुलमान घिसिङलाइ पदमुक्त गर्ने निर्णय लिएको हो । घिसिङको स्थानमा हितेन्द्र शाक्य नियुक्त भएका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  १० : ५३ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने