यातायात कार्यालय बाराद्वारा सात करोड ३६ लाख बढी राजस्व सङ्कलन « Khabarhub

यातायात कार्यालय बाराद्वारा सात करोड ३६ लाख बढी राजस्व सङ्कलन


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– बारास्थित यातायात व्यवस्था कार्यालय कलैयाले चालु आर्थिक वर्षको वैशाख पहिलो सातासम्ममा सात करोड ३६ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

कार्यालय प्रमुख अविन्दर दासले कार्यालयले सङ्कलन गर्ने राजस्व पछिल्लो समय उत्साहजनक ढङ्गले वृद्धि भइरहेको र यस अवधिसम्म  सात करोड ३६ लाख ५७ हजार ६७५ राजस्व सङ्कलन भएको जानकारी दिए ।

‘कार्यालयले साउनदेखि माघको पहिलो सातासम्म चार करोड ३० लाख राजस्व सङ्कलन गरेको थियो । त्यसयता वैशाखको पहिलो सातासम्म तीन करोड ६ लाख ५५ हजार राजस्व सङ्कलन भएको छ । पछिल्ला महिनामा राजस्व सङ्कलनको दर क्रमशः वृद्धि हुँदै गइरहेको छ’, उनले भने ।

कार्यालयका अनुसार तीन महिनायता प्रतिमहिना औसतमा एक करोड दुई लाख रकम राजस्व सङ्कलन हुँदै आएको छ । कार्यालयले आन्तरिक सुशासन र सेवाप्रवाहलाई चुस्त बनाएसँगै राजस्व सङ्कलन बढेको जनाएको छ ।

यस रकममध्ये सबैभन्दा धेरै राजस्व चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट तीन करोड ५४ लाख ४० हजार ५६ र सवारीसाधन करबाट तीन करोड ४० लाख ३९ हजार ९४३ रकम राजस्व सङ्कलन भएको छ ।

यातायात क्षेत्रको आम्दानीबापत ४० लाख ८४ हजार ५४० राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । अन्य प्रशासनिक सेवा शुल्कबापत २५ हजार ५०० र बेरुजुबापत ६७ हजार ३३६ रकम सङ्कलन भएको छ । कार्यालयले चालु आवमा करिब १० करोड राजस्व सङ्कलन हुने अनुमान गरेको छ । 

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ९ : ४५ बजे

उद्योग समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिय र

देशभर मनसुनी वायुको प्रभाव, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

६ करोड ५० लाख पाउन्डमा रोड्री बार्सिलोना जाने पक्का, चार वर्षको सम्झौता हुँदै

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान तथा स्पेनिस

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि