क्रिमिया रुसलाई दिने प्रस्ताव अस्वीकार गरेपछि जेलेन्स्कीसँग ट्रम्प फेरि आक्रोशित « Khabarhub

क्रिमिया रुसलाई दिने प्रस्ताव अस्वीकार गरेपछि जेलेन्स्कीसँग ट्रम्प फेरि आक्रोशित


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिमियामाथि रुसको अधिकार नमानेर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति प्रक्रियालाई अवरुद्ध पारेको आरोप लगाएका छन्।

सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले युद्ध अन्त्यको नजिक आइपुगेपछि जेलेन्स्कीले अमेरिकी प्रस्ताव अस्वीकार गर्नाले अन्य केही नगरेर युद्ध मात्र लम्ब्याएको आरोप लगाएका हुन्। ट्रम्प भन्दा अघि नै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सहमतिका लागि अमेरिकी योजना सार्वजनिक गरेका थिए। उनले यसको कुनै विकल्प नभएको बताएका छन्।

युक्रेनले सन् २०१४ मा रुसमा अवैध ढङ्गले लिएको त्रिमिया रुसलाई नदिने बताएको छ। भान्सले यो सहमतिको अर्थ दुवै देशले लिएका केही भूभाग एक आपसलाई दिनेगरी लगाउनुपर्ने बताए। त्रिमिया सहितको प्रस्ताव आएपछि जेलेन्स्कीले यसलाई अस्वीकार गरेका हुन्।

‘यो विषयमा कुनै कुरा गर्नु आवश्यक छैन। यो हाम्रो संविधान विपरीत छ’, जेलेन्स्कीले भने। यसपछि ट्रम्पले जेलेन्स्कीलाई फोन गरेर भड्काउने काम गरेको बताए पनि जेलेन्स्कीले आफू भावुक भएको सुनाए।

क्रिमिया रुसलाई दिने कुरा जेलेन्स्कीले भने झैँ संविधान मात्र बाधक छैन। अन्तर्राष्ट्रिय युद्ध नियमका अनुसार सीमा कुनै शक्तिको प्रभावमा परेर सारफेर हुँदैन।

उनले भावुक हुँदै सन् २०१८ मा अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले लेखेको पत्र सम्झाएका छन्। सो पत्रमा अमेरिकाले क्रिमियालाई रुसको हुने कुरा स्वीकार्य नहुने भनिएको थियो। ट्रम्प र जेलेन्स्की बीचको सम्बन्धमा आएको आरोह र अवरोहमा यो पछिल्लो ट्वीस्ट हो।

यसअघि फेब्रुअरी महिनामा ओभल अफिसमा जेलेन्स्की र ट्रम्पको बीचमा भनाभन नै भएको थियो। ट्रम्पले अझै पनि एकै दिनमा युद्ध अन्त्य हुने बताएका छन्।

अहिले दुवै जनाको प्रतिक्रिया आएपछि अमेरिकी प्रेस सेक्रेटरी क्यारोली लेभिटले अहिले राष्ट्रपति निराश नै भइसकेको बताएकी छिन्। उनले जेलेन्स्कीले गलत गरिरहेको बताएकी छिन्।

अमेरिकाले लन्डनमा रुस र युक्रेन बीचको युद्ध समाधानका लागि भएको वार्ताबाट पनि आफूलाई पछि राखेको छ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ६ : ०७ बजे

बालेन सरकारको सय दिनमा तीन सुकुम्वासीको मृत्यु, व्यवस्थापनमा तैँ चुप, मैँ चुप

काठमाडौं- आइतबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन

काठमाडौं गोर्खाजको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

काठमाडौं– एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रिम

आर्थिक शिथिलता चिर्ने प्रकारको मौद्रिक नीति आवश्यक

काठमाडौं– निजी क्षेत्रका प्रतिनिधि, बैंकर र पूर्व गभर्नरहरूले मुलुकको वर्तमान

‘ठूलो लगानीमा बनेको’ फिल्म ‘नागबन्धम’ नेपालमा पनि प्रदर्शन

काठमाडौं – ठूलो बजेटमा बनेको फिल्मका रुपमा दक्षिण भारतमा चर्चा

मालदह आँपको मूल्य बढ्यो

धनुषा– मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा