आईपीएलमा ‘क्याच मिस’ को पीडा | Khabarhub Khabarhub

आईपीएलमा ‘क्याच मिस’ को पीडा

धेरै क्याच छुटेकै कारण ओरालो लागे चेन्नई र हैदरावाद


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

उत्कृष्ट क्याचले विश्व क्रिकेटमा उपाधि उचालेका थुप्रै उदाहरण छन्। सन् १९८३ को विश्वकप क्रिकेटको फाइनलमा लगातार दुई पटकको विजेतासँग भारतले भिडेको थियो। ६० ओभरको खेलमा १८४ रनको झिनो लक्ष्य वेस्ट इन्डिजले पछ्याएको थियो। मदन लालको बलमा भिभ रिचर्ड्सले छक्का प्रहार गर्ने प्रयास गर्दा कपिलदेवले कुदेर सीमा रेखामा पुगेर क्याच लिएका थिए। उनले क्याच लिएको समयमा रिचर्ड्सले २८ बलमा ३३ रन जोडी सकेका थिए।

यसैगरी श्रीशान्थले सन् २००७ को टी-२० विश्वकपमा पाकिस्तानसँगको फाइनलमा मिसवाह उलहकले जोगिन्दर शर्माको बलमा सर्ट छक्का प्रहार गर्ने प्रयास गर्दा सर्ट फाइन लेगमा क्याच लिएका थिए। सोही क्याचले भारत उपाधि जित्न सफल भएको थियो। यो क्याचको कमालको चर्चा भयो। तर यहाँ उत्कृष्ट क्याचको होइन, छाडिएको क्याच अवसर टोलीका लागि कति महंगो र पीडादायी साबित हुन्छ भन्ने सवालको चर्चा हुनेछ।

जारी आईपीएलमा अहिलेसम्म तयार भएको तालिकाको एउटा कारण त्यही क्याचसँग सम्बन्धित छ। धेरै क्याच छुटाउनेहरू तालिकाको पुछारमा छन् क्याचको अवसरको उपयोग गर्ने टिम प्ले अफको बाटोमा छन्। जारी आईपीएलमा ब्याटिङ स्तरमा धेरै सुधार भएको छ। धरै छक्का प्रहार भएका छन्। साथै धेरै रन प्रहार भएका छन्। यसका बाबजुद फिल्डिङमा भने धेरै कमजोरी देखिए। पहिलो ३९ खेलमा ४३१ क्याच अवसर मध्ये १०३ वटा छुटेका छन्।

क्याच प्रभावकारिता ७६.१ प्रतिशत मात्र छ। पछिल्लो ५ वर्षमा यो सबै भन्दा खराब आँकडा हो। सन् २०२१ मा ८५.५ प्रतिशत क्याच लिइएको थियो। त्यो दायरा प्रत्येक वर्ष घटी रहेको छ। दुई खेलमा नौ वटा भन्दा बढी क्याच छुटे। जयपुरमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर बंगलोरुको बीचमा भएको खेलमा यो सब भएको थियो।

यसैगरी मुलानपुरमा पन्जाब किङ्स र चेन्नाई सुपर किङ्स बीचको खेलमा पनि यसैगरी क्याच छुटेको थियो। यसअघि सन् २०२३ मा इडेन गार्डेनमा भएको कलकत्ता नाइट राइडर्स र सन राइजर्स हैदरावाद बीचको खेलमा सर्वाधिक ८ क्याच छुटेको थियो।

पुछारमा रहेको चेन्नईको क्याच प्रभावकारिता ६४.३ प्रतिशत छ। राजस्थानको पनि राम्रो भने छैन। चेन्नईले छाडेका केही क्याच धेरै नै महँगो साबित भएका छन्। पन्जाबसँगको खेलमा दोस्रो बलमा नै प्रियांस आर्यको क्यान छुटेको थियो। सो खेलमा आर्यले शतक प्रहार गरे।

३९ बलमा शतक हिर्काएका पञ्जाबका प्रियांश आर्य। तस्बिरः क्रिकइन्फो

बंगलोरुका कप्तान रजत पाटिदरको क्याच चेन्नईले १८ रनमा छुटाएको थियो। सो खेलमा पाटिदरले अर्धशतक प्रहार गरे। केही खेलाडीले पाँच वटासम्म क्याच छुटाएका छन्।

पन्जाबका युजभेन्द्र चावल तथा चेन्नईका विजय शङ्करले ५ क्याच छुटाएका हुन्। लखनउका अब्दुल समाद र कलकत्ताका वैभव अरोहाले चार क्याच छुटाएका छन्।

हैदरावादसँगको खेलमा चावलले ५७ रनमा अभिशेष शर्माको क्याच छुटाएका थिए। सो खेलमा शर्माले १४१ रन प्रहार गरे। उनको टोलीले २४६ रन सफलता पूर्वक पछ्याएको थियो।

क्याच छुट्ने सवालमा कलकत्ताका हर्षित राना र राजस्थानका सन्दीप शर्मा सबै भन्दा दुर्भाग्यशाली बलर साबित भए। उनीहरूको बलमा टोलीले पाँच क्याच छोडेको छ। सन्दीपको बलमा विराट कोहलीको सात रनमा क्याच छुटाएका थिए। सो खेलमा कोहलीले ६२ रन जोडेपछि टोलीले जित हात पारेको थियो।

राजस्थानका ब्याट्सम्यानले १७ पटक जीवनदान पाएका छन्। यस अर्थमा सो टोली भाग्यमानी हो। कतिले दोस्रो या तेस्रो पटक पनि क्याच छुटेर जीवनदान पाएका छन्। अहिलेसम्म सिम्रन हटमायरको पाँच पटक क्याच छुटेको छ। आर्यको पनि पाँच पटक क्याच छुटेको छ। चेन्नईसँगको खेलमा शतक प्रहार गर्ने क्रममा नै उनले तीन पटक जीवन दान पाएका थिए। बंगलोरुसँगको खेलमा दिल्लीका के एल राहुल, लखनउ सुपर जायन्ट्ससँगको खेलमा दिल्लीका आशुतोष शर्मा र पन्जाबसँगको खेलमा हैदरावदका अभिषेक शर्माले छुटेको क्याचको सबैभन्दा धेरै फाइदा लिए।

जयपुरमा अहिलेसम्म भएका खेलमा १२ क्याच छुटेका छन् भने नौ क्याच मात्र लिइएको छ। राजस्थानले दुई खेलमा ६ क्याच छुटाएको छ। यो ४२.९ प्रतिशत प्रभावकारी हो। त्यसपछि खराब क्याच प्रभावकारिता भएको मैदान दिल्लीको अरुण जेट्ली क्रिकेट मैदान हो। त्यहाँ ५४.२ प्रतिशत क्याच प्रभावकारिता छ।

आईपीएलका उत्कृष्ट क्याच
अहिलेसम्मका आईपीएल इतिहास हेर्ने हो भने मुम्बई इन्डियन्स क्याचमा सबै भन्दा उत्कृष्ट मानिएको छ। सन् २०१३ यताको आँकडा हेर्ने हो भने उत्कृष्ट क्याचको सफलता पाउने मध्य मुम्बईका किरोन पोलार्डले दुई पटक पाएका छन्। उनले सन् २०१४ र २०१९ मा सो सफलता पाएका हुन्।

यसैगरी गुजरातका सुरेश रैना सन् २०१६ र २०१७ मा क्याचको अवार्ड पाउन सफल भएका थिए। गएको सिजन सो अवार्ड कलकत्ताका रमन दीप सिंहले पाए।

यस सिजनमा पनि केही क्याचको अहिले चर्चा भइरहेको छ। सनराइजर्स हैदरावादसँगको खेलमा दिल्लीका अक्षर पटेलले लिएको हर्सल पटेलको क्याच सम्भवतः यो आईपीएलको अहिलेसम्मकै उत्कृष्ट क्याच हो।

जारी आईपीएलमा दिल्ली सबै क्षेत्रमा अगाडि छ। दुई खेलमा पराजयको सामना गरेको छ भने ६ खेलमा सफलता पाएको छ। यो सफलतामा बलिङ र ब्याटिङको भूमिका महत्त्वपूर्ण छ। दिल्लीले हारेको खेल मध्य गुजरात टाइटानसँग अहमदाबादमा भएको खेल पनि हो। सो खेलमा गुजरातलाई जिताउने क्रममा विकेट किपर जोस बटरलरले लिएको विपराज निमगको क्याच महत्त्वपूर्ण मानिएको छ। सोही जितले गुजरातलाई तालिकाको शीर्ष स्थानमा लगेको हो।

प्रसिद्ध कृष्णको बललाई निगमले थर्ड म्यान तर्फ गाइड गर्ने प्रयास गरेका थिए। सोही बल बटलरले पुरा स्वीङ गरेर क्याच लिए। यो आईपीएलका उत्कृष्ट क्याच मध्य एउटा हो। उनी यो सिजन हार्ड हिटर ब्याट्सम्यानको रूपमा परिचय बनाउन सफलसमेत भएका छन्। क्रिक इन्फो, टाइम्स अफ इन्डिया, क्रिकेन्डम

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ६ : ३७ बजे

संसदमा सशक्त भूमिका खेल्न आफ्ना सांसदलाई प्रचण्डको निर्देशन 

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

‘एमसीसी’ बन्द गर्ने ‘डज’को घोषणा, नेपालले पाउने ५० करोड डलर के होला ?

काठमाडौं– अमेरिकी सरकार अन्तर्गत एलन मस्कको नेतृत्वमा रहेको सरकार दक्षता

‘अनलाइन’बाटै नागरिकता सिफारिस 

बैतडी– बैतडीका स्थानीय तहहरूले ‘अनलाइन’ प्रणालीबाट नागरिकता प्रमाणपत्रको सिफारिस दिन

यातायात कार्यालय बाराद्वारा सात करोड ३६ लाख बढी राजस्व सङ्कलन

वीरगञ्ज– बारास्थित यातायात व्यवस्था कार्यालय कलैयाले चालु आर्थिक वर्षको वैशाख

टहरा भत्काएर सडक विस्तार

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका– ६ दरवाङका बासिन्दाले आफैँ घरका पेटी